काठमाडौं– संगीतकार लक्ष्मण पोखरेल ‘दिल रोएको बेलामा ….’ संगीत रहेका साथ गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै उदाएका छन् । सो म्यूजिक भिडियो अविदित फाउन्डेसनले सार्वजनिक गरेको हो । म्यूजिक भिडियो ओएसआर डिजिटल मार्फत् चैत १७ गते सार्वजनिक गरिएको हो ।
नारायण रेग्मीको शब्द रहेको यस गीतको म्यूजिक भिडियोमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् । यस गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाले अभिनय गरेका छन् ।
फाउन्डेसन नेपाली गीत, संगीतको संरक्षण गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय छ । गीत संगीतबाट आएको आम्दानी फाउन्डेसन मार्फत् परोपकारी कार्यमा काम खर्च गर्दै आएको अध्यक्ष थापाको भनाइ छ ।
यस गीतको म्यूजिक भिडियो मुकेश हुमागाइले छायाङ्कन रहेको छ । यसमा राहुल बराइलीको कोरियोग्राफी, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ रहेको छ । सो म्यूजिक भिडियोमा चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् ।
यस गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको अविदित फाउन्डेसनका अध्यक्ष अनुपजंग थापा (विचित्र) ले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली गीत, संगीत संरक्षण गर्ने उद्देश्यले यस फाउन्डेसन स्थापना गरिएको हो ।
अध्यक्ष थापाले भन्नुभयो, ‘लामो समयपछि गायक स्वरुपराज आचार्य, गायिका अन्जु पन्त संगीतकार लक्ष्मण पोखरेल गीतकार र नारायण रेग्मीले मिठो गीत दर्शक श्रोतामाझ ल्याउन सफल भएकोमा खुसी लागेको छ ।’
प्रकाशित मिति २०८० चैत्र १८, आईतवार ०७:११ गते