नेकपा(एमाले)को ९ औं जिल्ला अधिवेशनको मत गणनाकार्यमा आधा मात्र गणना सकियो

नेकपा(एमाले)को ९ औं जिल्ला अधिवेशनको मत गणनाकार्यमा आधा मात्र गणना सकियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १९ गते सोमबार ०५:५७

अध्यक्षमा कृष्ण अधिकारीले १०६, राजकुमार विष्टले १३६ मत, उपाध्यक्षमा सुभास पौडेलले १२३ र जीतबहादुर गुरुङ ११४ मत ल्याउनु भएको छ । यसैगरी सचिवमा राजेन्द्र बोहोराले १७६ र जनक मिश्रले ६३ मत पाउनु भएको छ । उपसचिवमा राजेन्द्र अधिकारी ६५ र विवश बुढाथोकीले ११७ मत पाउनु भएको छ ।  

मिश्रित परिणाम आउने संकेत, अध्यक्षमा ३० र उपाध्यक्षमा ९ मत अन्तर

बेसीशहर– नेकपा(एमाले)को ९ औं जिल्ला अधिवेशनको मतगणनाकार्यमा आधा मत मात्र गणना भएको छ । जारी रहेको मत गणना अनुसार चैत १९ गते विहान ५ः३० बजेसम्म घोषित निर्वाचन परिणाम अनुसार आधा अर्थात २५४ मत गणना सकिएको छ भने आधा २५२ मत गणना हुन बाँकी रहेको छ ।
घोषित परिणाम अनुसार अध्यक्षमा ३० मत अन्तर रहेको छ भने उपाध्यक्षमा ९ मत मात्र अन्तर रहेको छ । त्यस्तै सचिव पदमा ११३ मत अन्तर रहेको छ भने उपसचिवमा १०५ मत अन्तर रहेको छ । अध्यक्ष पदमा राजकुमार विष्ट अघि हुनुहुन्छ भने उपाध्यक्षमा सुभास पौडेलले उछिन्नु भएको छ । उहाँहरू फरक प्यानलबाट चुवानी मैदानमा उत्रनु भएको हो । सचिव र उपसचिव पदमा भने विष्ट प्यानलका राजेन्द्र बोहरा र विवश बुढाथोकी अघि देखिनु भएको छ ।
अध्यक्षमा कृष्ण अधिकारीले १०६, राजकुमार विष्टले १३६ मत, उपाध्यक्षमा सुभास पौडेलले १२३ र जीतबहादुर गुरुङ ११४ मत ल्याउनु भएको छ । यसैगरी सचिवमा राजेन्द्र बोहोराले १७६ र जनक मिश्रले ६३ मत पाउनु भएको छ । उपसचिवमा राजेन्द्र अधिकारी ६५ र विवश बुढाथोकीले ११७ मत पाउनु भएको छ ।
अन्तरङ्ग न्यूजडटकमलाई प्राप्त नतिजा जस्ताको तस्तै :

प्रकाशित मिति २०८० चैत्र १९, सोमबार ०५:५७ गते

हजुरको प्रतिक्रिया