बेसीशहर– नेकपा(एमाले) लमजुङको ९ औं जिल्ला अधिवेशनको मतगणना कार्य जारी रहेको छ । जारी रहेको मत गणना अनुसार चैत १९ गते विहान १० बजेसम्म घोषित निर्वाचन परिणाम अनुसार ४१० मत गणना सकिएको छ । यो निर्वाचनको उपाध्यक्षमा चर्को प्रतिस्पर्धा देखिएको छ ।
उपाध्यक्ष पदमा यसअघि ९ मत मात्र अन्तरले अघि हुनुभएका सुभास पौडेल यतिबेला भने ३ मतले पछि पर्नु भएको छ । अध्यक्ष लगायतका सबै पदमा राजकुमार विष्टको प्यानल अघि देखिएको छ । अध्यक्षमा विष्ट अधिकारीभन्दा ७६ मतले अघि हुनुहुन्छ । सचिव पदमा २०१ मत अन्तर रहेको छ भने उपसचिवमा १७७ मत अन्तर रहेको छ ।
अध्यक्षमा कृष्णप्रसाद अधिकारीले १५९ मत र राजकुमार विष्टले २३५ मत पाउनु भएको छ । उपाध्यक्षमा सुभास पौडेलले १९३ र जीतबहादुर गुरुङ १९६ मत ल्याउनु भएको छ । यसैगरी सचिवमा राजेन्द्र बोहोराले २९५ र जनक मिश्रले ९४ मत पाउनु भएको छ । उपसचिवमा राजेन्द्र अधिकारी १०४ र विवश बुढाथोकीले २८१ मत पाउनु भएको छ ।
खुला सदस्यतर्फको छ पदमा १० जना प्रत्यासी हुुनुहुन्छ । उहाँहरूले पाएको मतको अवस्था यस्तो छ– प्रेम भट्टराई २४७, लोकराज पाण्डे (निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख) १७५, पेमा गुरुङ २६२, कृष्ण केसी २८१, शिव जोशी २४३, नरबहादुर रिमाल ९६, तिलक भण्डारी १२३, अर्जुन गुरुङ(अध्यक्ष मर्स्याङदी गाउँपालिका) २८५, असिम अधिकारी ८२ र सूर्यप्रसाद गुरुङ(अध्यक्ष क्ब्होलासोंथर गाउँपालिका) २८१ मत पाउनु भएको छ ।
यसैगरी, खुला महिला सदस्यको चार पदमा पाँच जना प्रत्यासी हुनुहुन्छ । उहाँहरूले पाएको मत– चन्द्रमा घिमिरे २७७, पदमा गुरुङ ३०८, मन्दिरा दनाई १६६, शान्ता सापकोटा ३०५ र बुनाकुमारी रिमाल ३१८ मत पाउनु भएको देखिन्छ ।
लेखा समितिको सदस्यको एक पदमा मात्र निर्वाचन भएको छ । अन्य पदमा निर्विरोध भइसकेको छ । एक सदस्य पदमा तीन जना प्रत्यासी हुनुहुन्छ । जसमा बलराम घिमिरे १५८, सूर्यबहादुर कुँवर ७६ र क्षेत्रनाथ थपलियाले १०७ मत पाउनु भएको छ ।
अन्तरङ्ग न्यूजडटकमलाई प्राप्त नतिजा जस्ताको तस्तै :

प्रकाशित मिति २०८० चैत्र १९, सोमबार १०:१५ गते