एमाले लमजुङको मतगणना अपडेट : उपाध्यक्षमा पौडेलले फेरि उछिन्नु भो, पपुलर भोट बोहोरालाई

एमाले लमजुङको मतगणना अपडेट : उपाध्यक्षमा पौडेलले फेरि उछिन्नु भो, पपुलर भोट बोहोरालाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १९ गते सोमबार ११:३०

अन्य प्रायः सबै पदमा पृथ्वीसुब्बा समर्थकहरू विजयी हुने देखिएको छ ।

चार मत अन्तरले पौडेलको अग्रता

बेसीशहर– एमाले लमजुङको नवौं अधिवेशनमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार उपाध्यक्षमा सुभास पौडेलले जितबहादुर गुरुङले फेरि उछिन्नु भएको छ । चैत १९ गते ११ बजेसम्म घोषित ४६० मतको परिणाम घोषणा भएको हो ।
जस अनुसार उपाध्यक्ष पदमा सुभास पौडेलले अर्का प्रत्यासी जितबहादुर गुरुङलाई चार मतले उछिन्नु भएको छ । यसअघि उहाँ तीन मतले पछि हुनुहुन्थ्यो । पपुलर भोट सचिवका दावेदार राजेन्द्र बोहोरालाई मिलेको छ ।
प्राप्त निर्वाचन मत परिणाम अनुसार अध्यक्ष पदमा कृष्णप्रसाद अधिकारी ः १८०, राजकुमार विस्ट ः २६४, उपाध्यक्ष पदमा शुभाष पौडेल ः २२१, जीतबहादुर गुरुङ ः २१७ तथा सचिव पदमा राजेन्द्र बोहोरा ः ३२७, जनकराज मिश्रले १०९ पाउनु भएको छ भने उपसचिव पदमा विवश बुढाथोकी ः ३१९ मत र राजेन्द्र अधिकारी ः ११७ मत पाउनु भएको छ ।
अन्य प्रायः सबै पदमा पृथ्वीसुब्बा समर्थकहरू विजयी हुने देखिएको छ ।
अन्तरङ्ग न्यूजडटकमलाई प्राप्त नतिजा जस्ताको तस्तै :

प्रकाशित मिति २०८० चैत्र १९, सोमबार ११:३० गते
हजुरको प्रतिक्रिया