एमाले लमजुङको नवौं जिल्ला अधिवेशनको आयो अन्तिम नतिजा

एमाले लमजुङको नवौं जिल्ला अधिवेशनको आयो अन्तिम नतिजा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १९ गते सोमबार ०२:१६

सचिवमा विजयी राजेन्द्र बोहोराले सर्वाधिक अर्थात पपुलर मत ३५८ पाउनेमध्ये पुरुषतर्फ पहिलो हुनु भएको छ । महिलाहरूमा बुनाकुमारी रिमाल (उपप्रमुख जिल्ला समन्वय समिति) ३८९ मत तथा पदमा गुरुङ(उपमेयर बेसीशहर नगरपालिका) ३८१, शान्ता सापकोटा ३७१(वन उपभोक्ता अधिकारकर्मी) हुनुहुन्छ । 

विष्टको प्यानलै विजयी, उपाध्यक्षमा पौडेल पाँच मतले पराजित

बेसीशहर– नेकपा(एमाले) लमजुङको ९ औं जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएको छ । चैत १९ गते मध्यान्हमा घोषित निर्वाचन परिणाम अनुसार राजकुमार विष्ट र उहाँको प्यानल विजयी भएको छ । सो निर्वाचनको उपाध्यक्षमा चर्को प्रतिस्पर्धा देखिएकोमा पाँच मत अन्तरले सुभास पौडेल पराजित हुनुभएको छ ।
सचिव पदमा विजयी राजेन्द्र बोहोराले २३९ मत अन्तरले अर्का प्रत्यासी जनक मिश्रलाई हराउनु भएको छ । मिश्रले ११९ मत मात्र पाउनु भयो । अघिल्लो अधिवेशनमा मिश्रले पपुलर मत पाउनु भएको थियो ।
अध्यक्षमा राजकुमार विष्टले २८८ मत पाई विजयी हुनु हुँदा कृष्णप्रसाद अधिकारीले १९९ मत मात्र पाउनु भएको छ । उपाध्यक्षमा जीतबहादुर गुरुङ २४२ मत ल्याई विजयी हुनु हुँदा सुभास पौडेलले २३७ मत मात्र पाउनु भएको छ । यसैगरी उपसचिवमा विवश बुढाथोकीले ३४९ मत ल्याएर विजयी हुनु भएको छ भने राजेन्द्र अधिकारी १२९ मात्र मत पाउनु भएको छ ।
खुला सदस्यतर्फको छ पदमा विजयी हुनुहुनेमा सूर्यप्रसाद गुरुङ(अध्यक्ष क्ब्होलासोंथर गाउँपालिका) ३४७ मत, अर्जुन गुरुङ(अध्यक्ष मस्र्याङदी गाउँपालिका) ३४६ मत, कृष्ण केसी ३३७ मत, पेमा गुरुङ ३२० मत, प्रेम भट्टराई ३०७ मत र शिव जोशी २९७ मतका साथ विजयी हुनुभएको छ । सो पदका अन्य प्रत्यासीहरू लोकराज पाण्डे (निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख) २१९ मत, तिलक भण्डारी १४७, नरबहादुर रिमाल ११७ र असिम अधिकारी १०५ मत पाउनु भएको छ ।
यसैगरी, खुला महिला सदस्यको चार पदमा पाँच जना प्रत्यासी हुनुहुन्छ । उहाँहरूले पाएको मत– चन्द्रमा घिमिरे ३४०, पदमा गुरुङ ३८१(उपमेयर बेसीशहर नगरपालिका), शान्ता सापकोटा ३७१(वन उपभोक्ता अधिकारकर्मी) र बुनाकुमारी रिमाल(उपप्रमुख जिल्ला समन्वय समिति)  ३८९ का साथ विजयी हुनुभएको छ भने मन्दिरा दनाईले १६६ मत पाई पराजित हुनु भएको छ ।
बेसीशहर क्लस्टरको ३ सदस्य पदमा ११ जना प्रत्यासी हुनुहुन्थ्यो । विजयी हुनेहरुमा जुन तामाङ २६५ मत, मदन राना २२७ र प्रदीप घिमिरे २१८ मत पाइ विजयी हुनुभएको छ । अन्यको मत यस प्रकार रहेको छ– दुर्गाबहादुर बुढाथोकी– १०३, विष्णुप्रसाद पौडेल– ८४, ऋषिकान्त खनाल ८०, सरोज दनाई ४२, सोम तामाङ ९०, भिमबहादुर बस्नेत ३३, यमबहादुर लोहनी– १५, दुर्गा गुरुङ– ८५ मत पाउनु भएको छ । यसैगरी, महिलाको दुई पदका लागि चार जना प्रत्यासी मध्ये कल्पना थापा बोहरा– ३१२ मत, मिना रावल २६९ मत पाई विजयी हुनुभएको छ । अन्य प्रत्यासीले पाएको मतमा सुनिता मिश्र १७७, रजनी रिमाल– ११६ मत पाउनु भएको छ ।
त्यस्तै, सुन्दरबजार नगरपालिकाको क्लस्टरमा ३ सदस्य पदमा आठ जना प्रत्यासी हुनुहुन्थ्यो । जसमा मेनबहादुर घले(अध्यक्ष प्याब्सन, लमजुङ) २७१ मत, कृष्णमान श्रेष्ठ ११० मत, कृष्णप्रसाद अधिकारी– २०९ मत आएर विजयी हुनुभएको छ । सो पदका अन्य प्रत्यासीमा खेम गुरुङ १६२, देवराज गुरुङ १५० मत, विमलप्रसाद अधिकारी ११८, रामकृष्ण अधिकारी ११७ मत, र कृष्णप्रसाद आचार्यले ६२ मत पाउनु भएको छ ।
यसैगरी महिला सदस्यको दुई पदमा चार जना प्रत्यासी हुनुहुन्थ्यो । जसमा विमला खड्का २५५ मत र पार्वती अधिकारीले २३९ मत पाई विजयी हुनु भएको छ । सो पदका अन्य प्रत्यासी उपमेयर भवानी केसी– २०८ मत, लक्ष्मी पोखरेल– १५९ मत पाउनु भएको छ ।
लेखा समितिको सदस्यको एक पदमा मात्र निर्वाचन भएको छ । एक सदस्य पदमा तीन जना प्रत्यासी हुनुहुन्छ । जसमा बलराम घिमिरे १८६ मतका साथ विजयी हुनु भएको छ । सो पदका अन्य दुई प्रत्यासीमा क्षेत्रनाथ थपलियाले १३४ मत पाउनु भएको छ भने सूर्यबहादुर कुँवर ९९ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । यो समितिको अन्य पदमा निर्विरोध भइसकेको छ ।
उक्त समितिको उपसचिव(महिला) लगायतका अन्य सबै पदमा निर्विरोध भएको थियो ।
प्रकाशित मिति २०८० चैत्र १९, सोमबार १४:१६ गते
हजुरको प्रतिक्रिया