रेशम पक्ष सुदुरपश्चिम प्रदेशको हालको सरकारलाई समर्थन गर्ने र रञ्जिता पक्ष नगर्ने भनेर अडान लिएपछि विवाद भएको हो । रेशमले रञ्जितामाथि प्रश्न उठाएपछि नाउपाको बैठकमा लफडा भएको स्रोतको भनाइ छ ।
‘असुरक्षित त हामी छौँ’ : रेशम चौधरी
काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा सत्ता स्वादको उन्मादले कुटाकुट सम्मको स्थिति उत्पन्न भएको छ । काठमाडौँमा बोलाएको बैठकमा रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीपक्षबीच हात हालाहालको अवस्था चैत १९ गते बिहान आएको हो ।
केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेपछि घट्ना बाहिर आएको हो ।
अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सरकारको बिषयलाई लिएर रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको छ । रेशम पक्ष सुदुरपश्चिम प्रदेशको हालको सरकारलाई समर्थन गर्ने र रञ्जिता पक्ष नगर्ने भनेर अडान लिएपछि विवाद भएको हो । रेशमले रञ्जितामाथि प्रश्न उठाएपछि नाउपाको बैठकमा लफडा भएको स्रोतको भनाइ छ ।
रेशम पक्षले सुदुरपश्चिम प्रदेशको हालको सरकारलाई समर्थन गर्ने र रञ्जिता पक्षले नगर्ने भनेर अडान लिएपछि विवाद भएको हो । सो दलका संरक्षक रेशमलाल चौधरीले सरकारका जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको स्वीकार गर्नु भएको छ ।
संरक्षक चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने÷नजाने विषयमा विवाद भएको स्वीकार गर्नु भएको छ । तर आज बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको उहाँको दाबी छ ।
उक्त बैठकमा संस्थापक केन्द्रीय सदस्य तथा टीकापुरका मेयर रामलाल डगौरा थारू र केन्द्रीय सदस्य रमेश विकमाथि धकेलाधकेल भएको हो । नाउपाका संरक्षक रेशम चौधरीनिकट व्यक्तिहरूबाट आफूहरूमाथि हातपातको प्रयास भएको उनीहरूले बताएका छन् ।
संरक्षक रेशम चौधरीले अरुको उक्साहटमा अध्यक्ष रञ्जिता श्रेष्ठले गतिविधि गरिरहेको आरोप लगाएपछि बैठकमा विवाद सुरु भएको थियो । चौधरीको उक्त भनाइलाई उहाँका बुवा लालवीर चौधरीले पनि समर्थन गर्नु भएको थियो ।
केन्द्रीय सदस्य विश्वकर्माले चौधरीबाट आफूलाई ज्यान मार्ने धम्की आएको आरोप लगाउनु भएको थियो । तर चौधरीले आफूहरू असुरक्षित भएको बताउनु भएको छ । उहाँले भ्रन्नुभयो, ‘असुरक्षित त हामी छौँ । धम्की दिएर उहाँहरू जानुभएको छ ।’
त्यस्तै, नेत्री दुर्गा पन्तले भने महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय सदस्यलाई वैधानिक नभएको बताएको हुँदा विवाद भएको बताउनु भयो । उहाँका अनुसार अर्को समूहले ‘सुटर’ ल्याउने भन्दै धम्की दिएको छ ।
सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्री फिर्ता बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट पत्र पठाएकी छन् । रेशमका बुबा एवं प्रतिनिधिसभा सांसद लालवीर चौधरीले अहिले पार्टीको आन्तरिक बिषयमा धेरै टिप्पणी नगर्ने प्रतिक्रिया दिनुभयो । चौधरी पक्षले रञ्जिता समूहका नेतालाई ज्यान मार्नेसम्मको धम्की दिएको रञ्जिता निकट नेताहरूको भनाइ छ । प्रदेश सरकारलाई चैत २२ भित्र विश्वासको मत लिनै पर्ने बाध्यता :
सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । उनले नाउपाको समर्थन लिन ५ जनालाई सरकारमा सहभागी गराएका छन् ।
केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा हाल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र कांग्रेस मात्र सहभागी छन् । मुख्यमन्त्री शाहले नाउपासहित एक स्वतन्त्र सांसद र एक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सांसदको समर्थन लिई विश्वासको मत लिन खोजे पनि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले समस्या उत्पन्न भएको छ ।
मुख्यमन्त्री शाहले चैत २२ भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
नेपाली कांग्रेस, नाउपा र एकीकृत समाजवादी एक ठाउँमा भए कमल शाह नेतृत्वको सरकारले सहजै विश्वासको मत पाउने अंकगणीत छ । कांग्रेसका १८, नाउपाका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य रहेका छन् । शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नाउपाका सातमध्ये पाँच जनालाई मन्त्री बनाएका हुन् तर नाउपाको आन्तरिक किचलोका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्न सकेका छैनन् ।
कांग्रेसका १८ र नाउपाका ७ गरेर शाहको पक्षमा २५ जना छन् । राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पु¥याउने पक्षमा छन् ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षले पदाधिकारी र केन्द्रीय सदस्यहरूको संयुक्त बैठक आह्वान गरेका छन् । पार्टीका महासचिव गंगाराम चौधरीले एक विज्ञप्ति जारी गरी बैठक बोलाउनु भएको हो । गंगाराम रेशम चौधरी पक्षका नेताका रुपमा परिचित हुनुहुन्छ ।
पार्टीको बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षसँग विवाद भएपछि रेशम समूह पक्षले चैत २३ र २४ गते बस्ने गरी बैठक डाकेको जानकारीमा आएको छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..