जुरेस हिमचुली आ.मा.वि.द्वारा सहयोगको सानदार कार्य

जुरेस हिमचुली आ.मा.वि.द्वारा सहयोगको सानदार कार्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १९ गते सोमबार ०९:२४

हिमचुली आ.मा.वि.को जुनियर रेडक्रस सोसाइटी समितिले आफ्नो अगुवाइमा यस विद्यालयमा अध्ययनरत विद्यार्थी छात्र÷छात्राहरूले खाजा खाने पैसा बचाएर साथै विद्यालयमा कार्यरत शिक्षक कर्मचारी एवम् जन्मदिनको अवसर पारी संकलन गरिएको कोषबाट समेत संकलित कुल २५ हजार रुपैयाँ सहयोग गरेको सो समितिका अध्यक्ष कृष्मा घलेले बताउनु भयो ।

आगलागी पीडित परिवारलाई २५ हजार रुपैयाँ सहयोग

खुदी(लमजुङ)– लमजुङ मर्स्याङ्दी गाउँपालिका– ३ को यहाँ स्थित, हिमचुली आ.मा.वि.को जुनियर रेडक्रस सोसाइटीले सहयोगको सानदार कार्य गरेको छ । मर्स्याङ्दी गाउँपालिका– ९ बगैँचामा आगलागी पीडित रहेका एक परिवारलाई आफ्नो खाजाको पैसा बचाएर २५ हजार रुपैयाँ संकलन गरी पीडित परिवारको घरमै पुगेर उक्त सहयोगको कार्य केही दिन अघि गरेका हुन् ।
मर्स्याङ्दी गाउँपालिका– ९ बगैँचा स्थित देशबहादुर तामाङ÷डोल्मा तामाङको घर चैत ६ गतेका दिन आगालागी भई पूर्णरुपमा नष्ट भएको थियो । सो खबर थाहा पाएका यस हिमचुली आ.मा.वि.को जुनियर रेडक्रस सोसाइटी समितिले आफ्नो अगुवाइमा यस विद्यालयमा अध्ययनरत विद्यार्थी छात्र÷छात्राहरूले खाजा खाने पैसा बचाएर साथै विद्यालयमा कार्यरत शिक्षक कर्मचारी एवम् जन्मदिनको अवसर पारी संकलन गरिएको कोषबाट समेत संकलित कुल २५ हजार रुपैयाँ सहयोग गरेको सो समितिका अध्यक्ष कृष्मा घलेले बताउनु भयो ।
उहाँका अनुसार भवितव्य जसलाई जुन कुनै पनि बेला जसलाई पनि पर्न सक्छ भन्ने भएर यस्तो अवस्थामा हामीले सहयोग गर्नु पर्छ भन्ने भावनाले हामी आगलागी पीडित परिवारको घरसम्म पुगेर सहयोग गरेका हौं ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा उक्त सोसाइटीका अध्यक्ष म आफै कृष्मा घले, उपाध्यक्ष सार्थक भण्डारी, सदस्य सर्वज्ञा सुबेदीका साथमा विद्यालयका अध्यक्ष नन्दराज तामाङ, प्रिन्सिपल रामचन्द्र भण्डारी, सह–प्रिन्सिप अर्जुनकुमार भण्डारी जुरेस शिक्षक नायक लक्ष्मी शर्मा सहित शिक्षकहरू तुलबहादुर गुरुङ, रिता विष्ट कैनीको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको कृष्मा घलेले जानकारी दिनु भयो ।
उहाँका अनुसार उक्त कार्यमा सहयोगी सम्पूर्ण विद्यार्थीहरू, अभिभावक वर्ग, शिक्षक एवम् सहयोगी मनहरू सबै– सबैप्रति हाम्रो समिति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

प्रकाशित मिति २०८० चैत्र १९, सोमबार २१:२४ गते
हजुरको प्रतिक्रिया