अभिनेत्री निशा अधिकारी पीएचडीको तयारीमा

अभिनेत्री निशा अधिकारी पीएचडीको तयारीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २१ गते बुधबार ०८:५८

उनले लेखेकी छन्, ‘जीवनको यो क्षणसम्म मलाई मार्गदर्शन गर्ने मेरो परिवार र सबै शिक्षकलाई धन्यवाद । संकायका सदस्यलाई पनि धन्यवाद । कक्षामा उपस्थित हुन अधैर्य छु । सेवा गर्ने प्रबल इच्छा बोकेर आफूलाई स्तरोन्नति गर्ने यो यात्रामा लाग्दैछु । मलाई आशिष दिनुहोस् । द्वन्द्व, शान्ति र विकास ! धेरै उत्साहित !’

द्वन्द्व, शान्ति र विकास विषयमा उनले विद्यावारिधि गर्ने

काठमाडौं– अभिनेत्री निशा अधिकारी ‘विद्यावारिधिको तयारीमा जुटेकी छन् । द्वन्द्व, शान्ति र विकास विषयमा उनले विद्यावारिधि गर्ने भएकी हुन् ।
उनले सामाजिक संजालमा त्रिभुवन विश्वविद्यालयबाट आफूले द्वन्द्व, शान्ति र विकास विषयमा पीएचडी गर्न लागेको खुलासा गरेकी छन् ।
अभिनयसँगै सञ्चारकर्मको पनि लामो अनुभव उनीसँग छ । त्यसो त उनी ‘ब्युटी विथ ब्रेन’ पनि हुन् । अध्ययनशील र उच्चशिक्षा हासिल गर्ने अभिनेत्रीको कोटीमा पर्ने निशाले फोटो सेयर गर्दै लेखेकी छन्, ‘मेरो पीएचडीको यात्रा सुरु गर्ने समय । जीवनको यो क्षणसम्म मलाई मार्गदर्शन गर्ने मेरो परिवार र सबै शिक्षकलाई धन्यवाद । संकायका सदस्यलाई पनि धन्यवाद । कक्षामा उपस्थित हुन अधैर्य छु । सेवा गर्ने प्रबल इच्छा बोकेर आफूलाई स्तरोन्नति गर्ने यो यात्रामा लाग्दैछु । मलाई आशिष दिनुहोस् । द्वन्द्व, शान्ति र विकास ! धेरै उत्साहित !’
बेलाबखत विभिन्न कारणले पनि चर्चामा आउने अझ भनुँ चर्चामा आउने रुचाउने ‘मिसन पैसा’बाट अभिनयमा डेब्यु गरेकी उनको पछिल्लो फिल्म ‘जय हो’ थियो ।
पीएचडी गर्ने निशाको यो पोस्टलाई सामाजिक सञ्जालमा धेरै शुभकामना मिलिरहेको छ । लेखक कर्ण शाक्य, अभिनेत्री केकी अधिकारी, नीति शाह लगायतले पनि शुभकामना दिएको देखिन्छ ।

प्रकाशित मिति २०८० चैत्र २१, बुधबार ०८:५८ गते
हजुरको प्रतिक्रिया