अपाङ्गता भएका व्यक्तिका लागि तीन दिने कानुनी साक्षरता सुरु

अपाङ्गता भएका व्यक्तिका लागि तीन दिने कानुनी साक्षरता  सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २१ गते बुधबार ०७:१९

उ्रक्त सचेतना कार्यक्रममा भोलि र पर्सीका दिनमा अपाङ्ग अधिकार ऐन २०७२, नियमावली २०७७, अपाङ्गता महासन्धि सन्– २००६, दिगो विकास, समावेसी अपाङ्गताका साथै नेतृत्व क्षमता विकासका बारेमा सहजिकरण गरिने भएको छ ।

गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले एक समारोहका बीच सो कार्यक्रमको चैत २१ गते उदघाटन गर्नु भएको हो ।

बेसीशहर– लमजुङमा अपाङ्गता भएका व्यक्तिका लागि तीन दिने कानुनी सचेतना प्रशिक्षण सञ्चालन गरिएको छ । सो प्रशिक्षणको गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले एक समारोहका बीच चैत २१ गते उदघाटन गर्नु भएको हो ।
उहाँले सहभागीहरूलाई तीन दिनको बसाईलाई उपलब्धिमूलक बनाउन आग्रह गर्नु भयो । उहाँले ज्ञान भएमा अरुप्रति आश्रित हुनुपर्दैन भन्दै ज्ञानले आत्मनिर्भर बनाउँछ, आत्मनिर्भर भएमा अरुको बोझबन्नबाट मुक्ति मिल्छ भन्नुभयो । ज्ञानले जीवन ज्यूँने कला सिकाउँछ भन्दै ज्ञानले अन्यायका विरुद्धमा बोल्न सक्ने बनाउँछ त्यसैले ज्ञान लिनका लागि सधैं अग्रसर हुनुपर्छ भन्नु्भयो ।
उक्त अवसरमा पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले उहाँ हुने तीन दिनको बसाई सुखद र उपलब्धिपूर्ण हुनेछ भन्ने कामना गर्दै अपाङ्गता अभियानमा आफू र जिल्लाका पत्रकारहरू सबै सँगै रहेको र भोलिका दिनमा पनि त्यस्तो साथ सहयोग रहिरहनेछ भन्नुभयो ।
अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष एवम् अपाङ्ग महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक एवम् गण्डकी प्रदेशको अपाङ्ग निर्देशक समितिका सदस्य एवम् विषय विज्ञ राजेन्द्र घिमिरेले स्वागत गर्नु हुँदै कार्यक्रमको औचित्यमा प्रकाश पार्नु भएको थियो । उहाँले तीन दिन प्रशिक्षणका क्रममा गरिने कानुनी साक्षरता लगायतका विषय बारेमा समेत जानकारी दिनुभएको थियो ।
आजको प्रशिक्षण कार्यक्रममा उहाँसहित गण्डकी प्रदेशको अपाङ्ग महासंघ निर्देशक समितिका अर्का सदस्य एवम् स्याङ्जा अपाङ्ग समाजका निवर्तमानअध्यक्ष युवराज पराजुलीले सहजकर्ताको भूमिका निभाउनु भएको आयोजक अपाङ्ग संरक्षण समाज, लमजुङका सचिव एवम् कार्यक्रमका सञ्चालक सीताराम बसेलले बताउनु भयो । उहाँका अनुसार भोलि र पर्सीको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्वकेन्द्रीय अध्यक्ष एवम् अविलिज फाउण्डेसनका नेपाल निर्देशक डा. वीरेन्द्रराज पोखरेल र राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष राम कार्कीले सहजीकरण गर्नु हुने छ ।
उ्रक्त अवसरमा भोलि र पर्सीका दिनमा अपाङ्ग अधिकार ऐन २०७२, नियमावली २०७७, अपाङ्गता महासन्धि सन्– २००६, दिगो विकास, समावेसी अपाङ्गताका साथै नेतृत्व क्षमता विकासका बारेमा सहजिकरण गरिने भएको छ ।
उक्त प्रशिक्षणमा १४ जना महिलासमेत ३० जना सहभागी छन् भने ६ जना सहयोगी समेत रहनु भएको छ ।

प्रकाशित मिति २०८० चैत्र २१, बुधबार १९:१९ गते
हजुरको प्रतिक्रिया