भुजुङमा क्व्होलासोथार प्रथम अध्यक्ष कप खेलकुद सुरु

भुजुङमा क्व्होलासोथार प्रथम अध्यक्ष कप खेलकुद सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २५ गते आईतबार ०९:१९

महिलाका लागि फुटबल खेलमात्र आयोजना गरिएको र अन्य खेलहरूमा सबै ेपुरुषमात्रको सहभागिता रहेको अयोजक समितिले जनाएको छ ।

सबै खेलमा प्रत्येक वडाबाट एक एक टिमले भाग लिएका छन् ।

भुजुङ(लमजुङ)– लमजुङको क्व्होलासोथार गाउँपालिका– ४ भुजुङमा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता चैत २४ गते उदघाटन गरिएको हो ।
अध्यक्ष कपको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले दक्ष खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि अध्यक्ष कप फुटवल प्रतियोगिताले महत्वर्पूण भुमिका खेल्ने बताउनुभयो । उहाँले खेल सम्बन्धि लुकेर रहेको प्रतिभाहरूको उजागर गर्नका लागि पालिकाले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो । आगमी दिनमा पनि पालिकाले दक्ष खेलाडी उत्पादनका लागि खेल, खेलाडी र खेल मैदान व्यवस्थापनमा सक्दो मद्धत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, गाउँपालिका शिक्षा शाखा प्रमुख दिपकराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसअघि लिग फुटवल खेलाउँदै आएको समितिले यसवर्षदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेकोे आयोजक गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष नौराज गुरुङले बताउनुभयो । उहाँका अनुसार वडास्तरीय पुरुष तथा महिला फुटवल प्रतियोगिता, पुरुष भलिबल, पुरुषको म्यारथन दौडलगायत प्रतियोगिताको सञ्चालन गर्ने तयारी छ ।
पुरुष फुटवलतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । द्वितीय हुनेलाई ७५ हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ट्रफी र मेडल प्रदान गरिने आयोजक समितका अध्यक्ष नौराज गुरुङले बताउनु भयो । उहाँका अनुसार सबै खेलमा प्रत्येक वडाबाट एक एक टिमले भाग लिएका छन् । उहाँले भन्नुभयो, ‘महिलाका लागि फुटबल खेलमात्र आयोजना गरिएको र अन्य खेलहरूमा सबै ेपुरुषमात्रको सहभागिता रहेको छ ।’
प्रतियोगिताको पहिलो दिन वडा नं. ६ र ८ विच भएको पहिलको खेलमा ६– ० का विरुद्ध फराकिलो गोल अन्तरले वडा नं ८ लाई हराउँदै वडा नं ६ ले अग्रता लिएको छ ।
भलिबलतर्फ प्रथमलाई ४० हजार रुपैयाँ, ट्रफी र मेडल साथै द्वितीयलाई २० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने छ । म्यारथन दौडतर्फ प्रथमलाई १० हजार रुपैयाँ, ट्रफी र मेडल, द्वितीयलाई ७ हजार रुपैयाँ, ट्रफी र मेडल, तृतीयलाई ५ हजार रुपैयाँ, ट्रफी र मेडल साथै ६ जनालाई सान्त्वना पुरस्कार जनही १– १ हजार रुपैयाँ प्रदान गरिने छ ।
महिला फुटवलतर्फ प्रथम पुरस्कार ५० हजार रुपैयाँ, ट्रफी र मेडल साथै द्वितीय पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी र मेडल राखिएको छ ।
सो प्रतियोगिता चैत २८ गते समापन हुने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
प्रतियोगिता भुजुङको पन्यु खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगिताको उदघाटन कार्यक्रम आयोजक समितिका अध्यक्ष नौराज गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव दिलेश्वर गुरुङले गर्नुभएको थियो ।
सो अवसरमा साहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, शशस्त्र प्रहरी वल गुल्म आश्रीत रानीकुवाका प्रहरी नायव उपरिक्षक खेमनाथ शर्मा प्रमुख अनुशन्धन अधिकृत विष्णु पण्डित, पूर्वाधार विकास कार्यालय प्रमुख ईन्जिनियर विवेक सिग्देल, गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, विभिन्न वडाका अध्यक्षहरू लगायत जनप्रतिनिधि तथा स्थानीयहरूको सहभागिता थियो ।

प्रकाशित मिति २०८० चैत्र २५, आईतवार ०९:१९ गते
हजुरको प्रतिक्रिया