पूर्वमन्त्री एवम् एमाले नेता महेश बस्नेतविरूद्ध जबरजस्ती गर्भपतन र बलात्कार गरेको दावी गर्दै प्रहरीमा जाहेरी

पूर्वमन्त्री एवम् एमाले नेता महेश बस्नेतविरूद्ध जबरजस्ती गर्भपतन र बलात्कार गरेको दावी गर्दै प्रहरीमा जाहेरी

एजेन्सी

@antaranganews

२०८० चैत २५ गते आईतबार ०९:५५

एमाले नेता बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उद्योगमन्त्री थिए । हाल उनी राष्ट्रिय युवा संघको संयोजक समेत रहेका छन् । ३१ वर्षीया पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका– १० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँ स्थित तुलसी हेल्थकेयर अस्पतालमा बस्नेतले बलात्कार गरेको आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् ।

पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी लिएर गएकी हुन् ।

काठमाडौं– पूर्वमन्त्री समेत रहेका एमाले नेता महेश बस्नेतका विरुद्ध फौजदारी कसुरको जाहेरी वरेको छ । आफूलाई बलात्कार गरेको र जबरजस्ती गर्भपत गराई दिएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन् । त्यसबारेमा प्रहरीले बुझ्ने काम गरिरहेको बताएको छ ।
ती पीडित महिलाले आफूमाथि बस्नेतले काठमाडौं बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । ३१ वर्षीया पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका– १० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँ स्थित तुलसी हेल्थकेयर अस्पतालमा बस्नेतले बलात्कार गरेको आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् ।
काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले जाहेरी आएको पुष्टी गर्दै जाहेरी माथि अनुसन्धान भइरहेको बताउनु भएको छ । उहाँका अनुसार जाहेरी हुलाकबाट आएको थियो । जिल्ला सरकारी वकिल कार्यालयबाट पनि आएको छ । हामीले मुलुकी फौजदारी संहिताअनुसार जाहेरी दर्ता गरे पनि उहाँले राखेका मागबारे अनुसन्धान गरिरहेका छौं । उहाँले भन्नुभयो, ‘अब एक दुई दिनमा कसरी अघि बढ्ने भन्ने टुंगो हुन्छ ।’
बस्नेतका विरुद्ध पक्राउ पूर्जीका लागि अनुमति लिन अदालत जान भने बाँकी रहको प्रहरी भनाइ छ ।
यत्तिका प्रमाणसहित यस्तै जाहेरी लिएर सामान्य व्यक्तिविरूद्ध कोही आएको भए प्रहरीले के गर्थ्यो ? कति दिनसम्म बुझ्थ्यो ? भन्ने प्रश्नमा ‘रूल अफ ल’ मा सबैलाई बराबर हुन्छ भन्ने दावी गर्दै हामीले ठूलो सानो सबैलाई बराबर गर्छौं खत्रीले भन्नुभयो ।
केही दिन अघि जाहेरी दिन प्रहरीकोमा पुगेकी पीडितको कुरा प्रहरीले सुन्नेतर्फ चासो नदेखाएपछि उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन् । त्यसपछि उनले हुलाकमार्फत उजुरी दिएको बताइएको छ ।
पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । जाहेरी दर्ता भएसँगै बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ ।
पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी लिएर गएकी थिइन् ।
पीडित महिलाले बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको दाबी गरेकी छन् । मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पताल र फागुन ७ गते आफू बस्ने काठमाडौंस्थित अपार्टमेन्टमा महेशले जबरजस्ती करणी गरेको पीडितको दाबी छ । बस्नेतविरुद्ध भ्रुण हत्या गराएको भन्ने समेत पीडितको दावी रहेको छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितले आरोप छ ।
बस्नेत विरुद्धको उजुरीमाथि छानविन गर्न भन्दै आफूहरूले केही समयअघि काठमाडौं प्रहरी परिसरमा पठाएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार १०/१२ दिन अघि हामी कहाँ गुनासो आएको थियो, पछि हुलाकमार्फत जाहेरी आएको हो । उहाँले भन्नुभयो, ‘हामीले यसमा आवश्यक कारबाही अघि बढाउनु भनेर काठमाडौं प्रहरीलाई लेखी पठाएका छौं, प्रहरीले बुझ्दै होला ।’
बस्नेत विरुद्धको जाहेरीमा भनिएको छ, ‘यसरी निज कसुरदारले म जाहेरवालालाई मिति २०६० मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पतालमा १ पटक र मिति २०६०/११/०७ मा अपार्टमेन्टमा १ पटक गरी २ पटक जबरजस्ती करणी गरेको हुँदा निजलाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिमको कसुरमा हदैसम्मको कारबाही गरी न्याय इन्साफ दिलाई पाउँ ।’
निज कसुरदारले म जाहेरवालालाई झुक्काएर थाहा÷जानकारी नदिई औषधि खुवाएर म जाहेरवालाको पेटमा रहेको दुई महिना १५ दिनको गर्भलाई गर्भपतन गराएको हुँदा निज कसुरदारको उल्लेखित कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को विपरितको कसुर भएको हुनाले निज कसुरदारहरूलाई उक्त कसुरमा समेत हदैसम्मको सजाय गरी पाउँ सो जाहेरीमा उल्लेख भएको स्रोतको दावी छ ।
पीडित महिलाले गत फागुन ८ गते बिहान महेशले दुईजना व्यक्ति पठाएर आफ्नो मोबाइल, ल्यापटप सुनका गहना हिराको औँठी लगायत सामानहरू लुटेर लगेको दावी समेत गरेकी छन् ।
‘निज कसुरदार महेश बस्नेतले मिति २०८०/११/०८ गते प्रमाण नष्ट गराउने उद्देश्यले म जाहेरवालाको अपार्टमेन्टमा २ जना मान्छे पठाइ मोबाइल थान ३, ल्यापटपको हार्डडिस्क, साढे तीन तोलाको सुनको ब्रासलेट, डेढ तोलाको बेरुवा औँठी, एउटा सुन र अर्को हिरा समेत दुईवटा रिङ समेत चोरी गरेको हुँदा र नाम नखुलेको अर्का २ जनालाई समेत अनुसन्धान गरी निजहरूलाई समेत मुलुकी अपराध संहिता २०७४ को दफा २४४ (१) (घ) बमोजिमको कसुरमा समेत हदै सम्मको कारबाही गरी पाउँ,’ जाहेरीमा भनिएको छ ।
स्मरणीय छ, एमाले नेता बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उद्योगमन्त्री थिए । हाल उनी राष्ट्रिय युवा संघको संयोजक समेत रहेका छन् ।

प्रकाशित मिति २०८० चैत्र २५, आईतवार २१:५५ गते
हजुरको प्रतिक्रिया