दुराडाँडामा अधिकारीको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति गठन

दुराडाँडामा अधिकारीको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २८ गते बुधबार ०३:३३

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलोको रुपमा परिचित दुराडाँडामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा समिति गठन गरिएको छ । हाल सुन्दरबजार नगरपालिका– ४ अन्तरगत रहेको उक्त वडा रास्वपाको वडा समिति महेश अधिकारीको अध्यक्षता...

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलोको रुपमा परिचित दुराडाँडामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा समिति गठन गरिएको छ । हाल सुन्दरबजार नगरपालिका– ४ अन्तरगत रहेको उक्त वडा रास्वपाको वडा समिति महेश अधिकारीको अध्यक्षता अर्थात नेतृत्वमा चैत २८ गते गठन गरिएको हो ।
सो भेलामा सोही दलका सुन्दरबजारका नगरसभापति श्याम केसी, उपसमापति दिवेन्द्र न्यौपाने तथा सचिव राजेन्द्र अधिकारी लगायतको उपस्थिति थियो । उक्त वडाका रास्वपामा आवद्ध सदस्यहरूको भेलाले वडा समिति गठन गरेको हो । सो भेला रास्वपाका नगर सभापति श्याम केसीको अध्यक्षतामा भएको थियो ।
नगर उपसभापति दिपेन्द्र न्यौपानेले स्वागत गर्र्दै पार्टीको गतिविधिका बारेमा जानकारी दिनु भएको थियो । नगर सचिव राजेन्द्र अधिकारीले सञ्चालन गर्नु भएको सो भेलामा महेश अधिकारीले उक्त वडाका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । त्यसपछि समिति घोषणा गरिएको हो ।
उक्त वडा समितिको अध्यक्षमा महेश अधिकारी, उपाध्यक्षमा बरुणचन्द्र घिमिरे, सचिव कल्पना बराल चयन हुनुभएको छ । यसैगरी सो समितिको सदस्यहरूमा कृष्ण पौडेल, लवहरि न्यौपाने, चन्द्रबहादुर बराल, सुनिता गुरुङ, मनोज अधिकारी, ईन्दिरा अधिकारी र विनिता परियार चयन हुनुभएको छ । रिक्त एक सदस्यमा समितिको आउँदो बैठकले पूर्ति गर्ने नवनिर्वाचित अध्यक्ष महेश अधिकारीले बताउनुभएको छ ।
स्मरणीय छ, सुन्दरबजार नगरपालिकाको वडानं– ३ दुराडाँडा(साविक चन्द्रेश्वर) र ११ सिन्दूरेमा मात्र वडा समिति गठन गर्न बाँकी रहेको छ । ती दुबै वडामा वडा समिति गठनको तयारी चलिरहेको नगर समितिले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत्र २८, बुधबार १५:३३ गते
हजुरको प्रतिक्रिया