सुपर भ्वाइस अफ त्रिवेणीको उपाधी दीपेशलाई

सुपर भ्वाइस अफ त्रिवेणीको उपाधी दीपेशलाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ३० गते शुक्रबार ०७:५५

पोखरा । त्रिवेणी सङ्गीतालयद्वारा आयोजित नव प्रतिभाको खोजी अभियानअन्तर्गतको गण्डकी प्रदेशस्तरीय गायन रियालिटी सो सुपर भ्वाइस अफ त्रिवेणी सिजन–२ को उपाधी लाहाचोक, कास्कीका दीपेश नेपालीले जितेका छन् । पाँच चरणमा सम्पन्न उक्त...

पोखरा । त्रिवेणी सङ्गीतालयद्वारा आयोजित नव प्रतिभाको खोजी अभियानअन्तर्गतको गण्डकी प्रदेशस्तरीय गायन रियालिटी सो सुपर भ्वाइस अफ त्रिवेणी सिजन–२ को उपाधी लाहाचोक, कास्कीका दीपेश नेपालीले जितेका छन् ।

पाँच चरणमा सम्पन्न उक्त प्रतियोगितामा बगरकी कृषिका घिमिरे, लेखनाथका दीपक परियार, गोरखाका भुवन अधिकारीले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए । कास्कीकै समर लोहोनीले दर्शक रोजाइको उपाधी जितेका थिए । कार्यक्रमको उद्‍घाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रकाश बरालले नेपाली सङ्गीत क्षेत्रमा त्रिवेणी सङ्गीतालयले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले पर्यटकीय राजधानी पोखरामा यस्ता गतिविधि भइरहनुपर्ने र राज्यको तर्फबाट पनि सहयोग भएमा अझ नवप्रतिभाहरुले अवसर पाउने बताए । आगामी कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

लोक र ऐच्छिक २ चरणमा गरिएको उक्त कार्यक्रम प्रत्यक्ष वाद्यवादन तथा ट्रयाकमा २१ जना प्रतियोगीहरूले आआफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए । सङ्गीतालयका प्रशिक्षक नवराज बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बी. बी. अनुरागी, करण तामाङ र किशोर सुनारले निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन राजन बराल, सुनील बराल र उर्जा बरालले गरेका थिए ।

प्रकाशित मिति २०८० चैत्र ३०, शुक्रबार १९:५५ गते
हजुरको प्रतिक्रिया