फेरि सर्यो एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन

फेरि सर्यो एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख ६ गते बिहिबार १०:२१

दस्तावेजको तयारी, उपनिर्वाचनलाई हेरेर महाधिवेशनको कार्यतालिकामा हेरफेर गरिएको हो ।
यही बैशाख १५ गते इलाम– २ र बझाङ– १ ‘क’मा उपनिर्वाचन हुँदैछ । एकीकृत समाजवादीले दुवै क्षेत्रका लागि छुट्टै उमेदवारी दिएर चुनाव प्रचारमा भिडिरहेको छ ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने तयारी

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले यअसघि तय गरेको पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको मिति फेरि सारेको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको वैशाख ५ गते जनाएको हो ।
पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण १० औं राष्ट्रिय महाधिवेशन सार्नुपर्ने निर्णय गरेको बताइएको छ । पार्टीको महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँका अनुसार संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरूबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले १० औं राष्ट्रिय महाधिवेशन सार्नुपरेको हो ।
उहाँले भन्नुभयो, ‘पार्टीले यही जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पन्न गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाहरूले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठह¥याएअनुसार महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौं’, प्रचार विभाग प्रमुख खतिवडाले भने ।
यसअघि गत भदौ ७ गते बसेको केन्द्रीय कमिटी बैठकले माघ १६ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि विधान अधिवेशन गर्नुपर्ने वैधानिक प्रावधानअनुसार महाधिवेशनको मिति सारिएको थियो ।
त्यसपछि, मंसिर १९ गते बसेको सचिवालय बैठकले जेठ ३– ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर आज सम्पन्न सचिवालय बैठकले उक्त मितिमा तयारी नपुगेको भन्दै असारमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको तयारी र उपनिर्वाचनलाई मध्यनजर गरी कार्यतालिका हेरफेर गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, दस्तावेजको तयारी, उपनिर्वाचनलाई हेरेर महाधिवेशनको कार्यतालिकामा हेरफेर गरिएको हो ।
यही बैशाख १५ गते इलाम– २ र बझाङ– १ ‘क’मा उपनिर्वाचन हुँदैछ । एकीकृत समाजवादीले दुवै क्षेत्रका लागि छुट्टै उमेदवारी दिएर चुनाव प्रचारमा भिडिरहेको छ ।

प्रकाशित मिति २०८१ बैशाख ६, बिहीबार १०:२१ गते
हजुरको प्रतिक्रिया