
लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा लमजुङ सहित तीन जिल्लाको पालिकाका पदाधिकारीहरू भेला भएका छन् । यूएसएआईडि जल जंगल चितवन– अन्नपूर्ण भूपरिधि पोखराको आयोजनामा यहाँ सुरु गरिएको तीन दिने जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षण सम्वन्धि तालिममा सहभागी हुन उनीहरू बैशाख ७ गते बेसीशहरमा भेला भएका हुन् ।
सो तालिमको भानु नगरपालिकाका उपमेयर उमा गोतामे, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल, वन डिभिजन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले संयुक्तरूपमा गमलामा पानी सिंचित गरी तालिमको उदघाटन गर्नु भएको थियो । वन डिभिजन कार्यालयका प्रमुख पण्डितले पृथ्वीलाई बचाउने भनेकै मानिसले हो, यस कार्यमा हामी चुक्नु हुँदैन भन्नुभयो । उहाँले हाम्रा फित्तला कार्यान्वयन पक्षलाई अब सबल बनाउने बेला आउको उल्लेख गर्नुभयो । आयोजक संस्थाका ल्याण्डस्केप टिम लिडर मानबहादुर विकले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुंदै क्रर्याकलापको बारेमा संंक्षिप्त जानकारी दिनु भएको थियोे ।
युएसएआइडिका सोहनलाल श्रेष्ठ, रेविका गुरुङ, सोभित कोइराला, मानबहादुर बिकले तालिममा सहजिकरण गर्नु भएको आयोजक संस्थाका किरण न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मनाङ, तनहुँ र लमजुङ जिल्ला स्थित चार पालिकाका उपमेयर, उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सहितका अधिकृत एवम् पालिकामा रहेको शाखाका प्रमुख कर्मचारीहरू गरि प्रति पालिका सातजनाका दरले र सञ्चारकर्मी सहित ३० जनाले सो तालिममा भाग लिएका छन् । तालिममा जलवायु परिवर्तन असर तथा प्रभावहरूका बारेमा प्रकाश पारिएको थियोे । त्यसैगरी उक्त अवसरमा जलवायु परिवर्तन असर तथा प्रभावहरू के कसरी कम गर्न सकिन्छ भन्ने बारेमा पनि समूहगत छलफल गरी निचोड प्रस्तुत गर्न लगाइएको थियो ।
रेविका गुरुङले जलवायु परिवर्तनले दिगो विकासमा पारेको प्रभाव तथा थपेका चुनौतीका बारेमा विशेष प्रस्तुति राख्नु भएको थियो । गुरुङले मौसम र जलवायु झट्ट सुन्दा उस्तै उस्तै लाग्ने गरेको छ तर मौसम देखिएको र जलवायु अनुभव गरिने विषय हो भन्नुभयो ।
यो तालिम स्थानीय तहको योजना निर्माणको बेला समेत भएको हुँदा आउँदो आवमा यो विषयमा पनि स्थानीय सरकारले आफ्नो योजनामा समावेश गर्ने र सहकार्यको लागि सहज वातावरण बन्न सकोस भन्ने यो तालिमको लक्ष्य हो कार्यक्रमका संयोजक एवम् अध्यक्ष मानबहादुर बिकले बताउनु भयो । उहाँले विश्वमा ०.५ डिग्री तापक्रम बढ्दा नेपालमा भने पाँच गुणाले बृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले संयुक्त राष्ट्र संघले जारी गरेको जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षण सम्वन्धि महान्धिको अनुमोदन गर्ने पक्ष राष्ट्र विश्वमा नेपाल सहित १९७ रहेको जानकारी दिनुभयो ।
आजको कार्यक्रमको अन्त्यमा पालिकाहरूले आफ्नो ठाउँमा आफूले सञ्चालन गरेको पाँच वटा कार्यक्रमलाई लिपिबद्ध गर्न लगाइएको थियो ।
तालिम हाम्रो लागि अति आवश्यक थियोे, हाम्रो गाउँठाउँ बढी भएको पालिका तथा आउँदो वर्षका लागि योजना तर्जुमा गर्नु पर्ने बेलामा सञ्चालित यो तालिम सान्दर्भिक लागेको छ भानु नगरपालिकाका उपमेयर उमा गोतामेले बताउनु भयो । उहाँले यहाँबाट फर्केपछि विपद व्यवस्थापनको योजना बनाउन समेत यस तालिमले मद्दत गर्छ भन्ने अनुभव गरेको सुनाउनु भयो ।
यसैगरी राइनास नगरपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले आज पहिलो दिन हो, धेरै सैद्धान्तिक ज्ञान पाइएको छ, भोलि बढी प्रयोगात्मक हुने भन्ने छ भन्नुभयो । उहाँले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने यो विषयवस्तु हो, काभ्रेको पाँचखालमा खानेपानी लिन टाढा जानु परेको स्थितिको बारे भिडियो मर्फत थाहा भयो । जलवायु परिवर्तनको प्रभावबारे चारै पालिकामा सहकार्य गर्न सहज हुने विश्वास जाग्रित भएको अधिकारीले उल्लेख गर्नुभयो ।
मनाङ जिल्लाको नासों गाउँपालिकाका प्रशान्त गुरुङले जलवायु परिवर्तनको कारण आफ्नो गाउँ क्षेत्रमा आफू केटाकेटी छदा प्रशस्त देख्न पाइने रेडपाण्डा हिजोआज देख्न रहर हुने स्थिति उत्पन्न भएको बताउनु भयो ।
भोलि दुई सामुदायिक वनको स्थलगत भ्रमण गरि जलवायु परिवर्तनको असर र प्रभाव बारेमा प्रतिवेदन तयार गर्ने कार्यक्रम रहेको तालिम व्यवस्थापक किरण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका साथै वन डिभिजन कार्यालयसँग पनि सहकार्यको वातावरण बन्न सकोस् भन्ने कार्यक्रमको अर्को लक्ष्य रहेको छ ।
प्रकाशित मिति २०८१ बैशाख ७, शुक्रबार १८:३८ गते