सुन्दरबजारको विद्याज्योति माविमा शिक्षक नियुक्तिको सूचनाले अन्योल

सुन्दरबजारको विद्याज्योति माविमा शिक्षक नियुक्तिको सूचनाले अन्योल

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख ८ गते शनिवार ०६:५९

उक्त सूचनाको बुँदानं– ७ मा दरखास्त दिने म्याद बैशाख १४ गतेसम्म उल्लेख छ । तर त्यसै सूचनाको बुँदा नंबर १४ मा करार सूचिकाहरूका लागि ७ दिनको मात्र म्याद उल्लेख गरेर गोलमटोल गरिएको छ ।

सो माविका प्रधानाध्यापक केसीले आफ्नो मान्छे सो पदमा राख्नका लागि सूचना लुकाउने काम गर्नु भएको भन्ने सारोकारवालाहरूको दावी छ ।

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ५ को खहरेस्थित विद्याज्योति माविमा शिक्षक भर्ना बारेमा जारी सूचनाले अन्योल सिर्जना गरेको सम्बद्ध व्यक्तिहरूले गुनासो गरेका छन् । विद्यालय प्रशासनले आफ्नो मान्छेलाईं सो पदमा भर्ना गर्नका लागि यस्तो षडयन्त्र गरेको बैशाख ७ गते सरोकारवालाहरूले गुनासो गरेका हुन् ।
विद्यालयले मावि तहको एक विज्ञान शिक्षक पदको नियुक्तिका लागि जारी गरेको सूचनाले सम्बद्ध व्यक्तिहरूमा अन्योल सिर्जना गरिदिएको सरोकारवालाहरूको दावी छ । सुन्दरबजार नगरपालिकाले चैत ३० गते पठाएको पत्र अनुसार सोही दिनको मितिमा विद्यालय प्रशासनले सूचिना जारी गरेको छ । तर त्यो सूचना सार्वजनिक गर्ने काम भने बैशाख ६ गते साँझ अन्तिम म्याद सकिएको दिन पनि कार्यालय बन्द हुने समयमा मात्र टाँस गराएर आफूहरूलाई सो पदमा प्रतिस्पर्धा गर्नबाट बञ्चित गरिएको भन्ने सरोकारवालाहरूको भनाई छ ।
उक्त सूचनाको बुँदानं– ७ मा दरखास्त दिने म्याद बैशाख १४ गतेसम्म उल्लेख छ । तर त्यसै सूचनाको बुँदा नंबर १४ मा करार सूचिकाहरूका लागि ७ दिनको मात्र म्याद उल्लेख गरेर गोलमटोल गरिएको सरोकारवालाहरूले बताइएका छन् ।
सो सूचनाबारेमा फेसबुकमा समेत सोही विद्यालयका एक शिक्षकले गर्नु भएको टिप्पणी समेत संलग्न छ ।
यसबारेमा सो विद्यालय प्रशासनमा सम्पर्क गर्दा सूचना सोही दिन सार्वजनिक गरिएको सो माविका प्रधानाध्यापक सूर्य केसीले बताउनु भयो । उहाँँका अनुसार वडा कार्यालय तथा नगरपालिमा टाँस गरिसकिएको हो, व्यस्तताले फेसबुकमा राख्ने काम मात्र ढिला भएको हो । उहाँले भन्नुभयो, ‘यसमा समय छ, दरखास्त दिनै नपाउने भन्ने हुँदैन ।’
वडा कार्यालय र नगरपालिकामा सम्पर्क गर्दा वडाकार्यालयमा जिम्मेवार व्यक्ति फेला परेनन् भने नगरपालिकामा सो सूचना टाँस गरिएको आफूलाई जानकारी नभएको मेयर कृष्णप्रसाद कोइरालाका स्वकीय सचिव एवम् पत्रकार महासंघ लमजुङका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘वडा र नगरपालिका कार्यालयमा पनि अन्तिम दिनको अन्तिम समयमा सूचना टाँस गर्न ल्याएको भन्ने सुनेको हुँ ।’
स्रोतका अनुसार प्रअ केसीले आफ्नो मान्छे राख्नका लागि सूचना लुकाउने काम गर्नु भएको भन्ने सारोकारवालाहरूले बताएका छन् ।

प्रकाशित मिति २०८१ बैशाख ८, शनिबार ०६:५९ गते
हजुरको प्रतिक्रिया