इलाम– आज यहाँ हुने उपनिर्वाचनको तयारी पुरा भएको छ । उपनिर्वाचनमा ७० हजार मत खस्ने आंकलन गरिएको निर्वाचन कार्यालयले बैशाख १४ गते बताएको हो ।
मुख्यनिर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ‘सबै मतदानस्थल र केन्द्रमा कर्मचारी पुगिसके । भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुन्छ । आवश्यक सबै तयारी पूरा भइसक्यो ।’ बताउनु भयो । उहाँका अनुसार सबै निर्वाचन क्षेत्रमा पनि उपनिरर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ । निर्वाचनका लागि आवश्यक सामग्री दुई दिनअघि नै सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको छ । उहाँले भन्नुभयो, ‘यो निर्वाचन क्षेत्रमा एक लाख १५ हजार ८७९ मतदाता छन्, तीमध्ये ४२२ जना नयाँ मतदाता नयाँ हुन् ।’
बजार क्षेत्र इलाम नगरपालिका– ७ मा पर्दछ । उपनिर्वाचन आउनुअघि इलाम बजार सुनसान देखिन्छ । मौन अवधिले हुनुपर्छ, इलाममा देखिने गरी चुनावी रौनक भने एकाएक घटेको छ । यो निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडा, देउमाई नगरपालिका र माई नगरपालिकाको तीनवटा वडा पर्छन् । त्यस बाहेक चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङ्सेवुङ गाउँपालिका पर्छन् ।
४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल छन् । यी मतदानस्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी आयोगले र ७४५ कर्मचारी खटाइएको घिमिरेले बताउनु भयो ।
मतदानका लागि तयार अवस्था छ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँका अनुसार, उपनिर्वाचनका लागि कर्मचारी, स्वयंसेवक तथा सुरक्षाकर्मीको खटाउने काम सकिएको छ । यस्तै, मतदान केन्द्रको निर्माण कार्य भइसकेको छ । उहाँले भन्नुभयो, ‘कुल मतदातामध्ये ७० हजार मत खस्ने प्रशासनको आंकलन छ ।’ उहाँका अनुसार मतदान सकिएपछि भोलि राति १० बजे नै सबै मतपेटिका सदरमुकाम ल्याइने तयारी छ । उहाँले भन्नुभयो, ‘मत परिणाम पनि दुई दिनभित्र सार्वजनिक गर्ने तयारीमा आयोग र प्रशासन जुटेको छ ।’
यो निवौचन क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता रहेका छन् गत निर्वाचनको ट्रेन्ड हेर्दा ७० हजार जति मतदान हुने आंकलन छ प्रमुख जिल्ला अधिकारी यादवले उल्लेख गर्नुभयो । उहाँका अनुसार इलाम उपनिर्वाचनका लागि २५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् । प्रशासनले मतदानस्थलको संवेदनशीलतालाई तीन तहमा वर्गीकरण गरेको छ । उहाँले भन्नुभयो, ‘७९ निर्वाचन केन्द्रमध्ये ३९ सामान्य, २१ संवेदनशील र १९ अतिसंवेदनशील भनी छुट्याइएको छ । जसमा ८ जना नेपाल प्रहरी, संवेदनशीलमा ९ जना र अतिसंवेदनशीलमा १२ जना प्रहरी खटाइएको छ ।’
जिल्ला प्रशासन कार्यालयले ७९ मतदान केन्द्र नै संवेदनशील मानेको छ ।
हृदयघातका कारण गएको २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति २०८१ बैशाख १५, शनिबार ०६:२१ गते