विश्व हिन्दू महासंघ. गण्डकी प्रदेशको दोस्रो अधिवेशन बेसीशहरमा : फोटो फिचर

विश्व हिन्दू महासंघ. गण्डकी प्रदेशको दोस्रो अधिवेशन बेसीशहरमा : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १५ गते शनिवार ०८:३८

अधिवेशन सुरु हुनु अघि मनाङे चौताराबाट सुरु भएको र्याली बेसीशहरको मुख्य बजार क्षेत्र त्रिवेणी टोल लक्ष्मीनारायण मन्दिर, सेरा, दनाई फाँट, प्रशासन चोक हुँदै सभास्थल प्रगति टोलको तमु भवनमा गएर सभामा परिणत भएको थियो ।

विश्वहिन्दू महासंघका अध्यक्ष ८४ वर्षीय डा. रामचन्द्र अधिकारीले राजा सबै जनताको साझा हुन नसकेकै कारणले गद्दी छाड्नु परेको बताउनु भयो ।

लमजुङ– पूर्वमन्त्री एवम् सांसद शंकर भण्डारीले विश्व हिन्दू महासंघ, गण्डकी प्रदेशको लमजुङको जिल्ला सदरमुकामको यहाँ स्थित प्रगति टोलमा आयोजित दोस्रो अधिवेशनको उदघाटन गर्दै संविधान संशोधन गरेर हिन्दू राष्ट्र स्थापना गर्ने प्रतिवद्धता बैशाख १५ गते व्यक्त गर्नु भएको छ ।
विश्वहिन्दू महासंघका अध्यक्ष ८४ वर्षीय डा. रामचन्द्र अधिकारीले राजा सबै जनताको साझा हुन नसकेकै कारणले गद्दी छाड्नु परेको स्मरण गर्दै जुन दिन लोकतान्त्रिक शक्तिलाई बाइपास गरी अराष्ट्रिय तत्व र आफ्ना आसेपासे र भक्तलाई राष्ट्रवादी भन्दै भेदभाव थालियो, जुन दिन मन्त्रीमण्डलको अध्यक्ष समेत बनेर सिंहदरबारसमेत ताक्ने काम भयो, त्यही दिन राजा जनताको नजरबाट गिरेको बताउनु भयो । धर्म भनेको गाई हो र राजा भनेको बाच्छो हो । हामी गाईको खोजीमा छौं, बाच्छोको होइन अधिकारीले प्रष्ट्याउनु भयो ।
व्यास धामका मठाधिश दामोदर बाबाले छुवाछुतको प्रशङ्ग उठेको उल्लेख गर्दै त्यस्तो जात हाम्रै शरिरमा छ भन्नुभयो । उहाँले शिर ब्राह्मण हो, सुरक्षा गर्ने भएको हुँदा दुई हात क्षेत्री हुन् । व्यापारको काम गर्ने वैष्णव पेट हो भने श्रमगर्ने खुट्टा सुद्र हो भन्ने उल्लेख गर्दै हिन्दूको मूल धर्म वेद हो र धर्म भनेको सत्य र शान्तिको बाटो हो भन्नुभयो ।
अधिवेशन सुरु हुनु अघि मनाङे चौताराबाट सुरु भएको र्याली बेसीशहरको मुख्य बजार क्षेत्र त्रिवेणी टोल लक्ष्मीनारायण मन्दिर, सेरा, दनाई फाँट, प्रशासन चोक हुँदै सभास्थल प्रगति टोलको तमु भवनमा गएर सभामा परिणत भएको थियो ।
अधिवेशनमा गण्डकीको मनाङ र मुस्ताङबाहेकका ९ जिल्लाका दुई सय बढी प्रतिनिधिले भाग लिएका छन् । सो अवसरको फोटो फिचर :

प्रकाशित मिति २०८१ बैशाख १५, शनिबार २०:३८ गते
हजुरको प्रतिक्रिया