इलाम– २ को मतगणना ऐले बिहान ७ बजेदेखि

इलाम– २ को मतगणना ऐले बिहान ७ बजेदेखि

एजेन्सी

@antaranganews

२०८१ बैशाख १६ गते आईतबार ०६:०४

मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा ११ वटा सिसी क्यामरा जडान गरी व्यवस्था गरिएको छ । एक कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सो मतदानमा ६० प्रतिशत, ६९ हजार २८७ जनाले मत खसेको छ ।

इलाम– मतदान सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम– २ मा ऐले बिहानदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले बैशाख १६ गते बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गए राती सम्पन्न बैठकले गरेको हो ।
सबैतिरबाट मतपेटिका संकलन भइनसके पछि बसेको सर्वदलीय बैठकले रातिबाटै गणना सुरू गर्ने योजना कार्यान्वयन नहुने निर्णय गरेको हो । मतपेटिका संकलन गर्न नै बिहान २ बजेसम्म लाग्ने भएपछि त्यस्तो निर्णय गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँका अनुसार गाउँपालिका क्षेत्रका सबै केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन समय लागेको हो ।
हिजो सम्पन्न मतदानमा ६० प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता रहेकामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो । सो संख्या प्रतिशतका हिसावले ६० प्रतिशत हुन्छ । उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा ११ वटा सिसी क्यामरा जडान गरी व्यवस्था गरिएको छ । एक कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणनाको जतिजा प्रत्येक घन्टा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो । उहाँका अनुसार इलाम चोक बजारको डिस्प्लेमा समेत मतगणनाको नतिजा सार्वजनिक गर्दै जाने तयारी छ ।
कस्को पल्ला भारी होला ?
इलाम– २ मा राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन लिम्बु, कांग्रेसका डम्बर खड्का र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
स्थायी प्रतिद्वन्द्वीका रुपमा रहेका एमाले र कांग्रेसको मैदानमा रास्वपा र पहिचानवादीको प्रवेशले मतान्तरमा रोमाञ्चकता थप्ने आंकलन छ । यो निर्वाचनलाई एमाले, कांग्रेस, रास्वपा, पहिचानवादीले प्रतिष्ठानको विषय बनाएका छन् । त्यसैको सेरोफेरोमा उपचुनावमा रणनीति र गणितीय लेखाजोखा गर्ने गरिएको छ ।
एमाले–माओवादीको गठबन्धन बन्दा झिनो मतले पछाडि रहेको कांग्रेसले रणनीतिक पाटो बलियो बनाएको थियो । रास्वपाको भने एमाले र कांग्रेसको कमजोरीलाई क्यास गरेर चुनाव आफ्नो पक्षमा पार्ने दाउ थियो । कोशी प्रदेशको नामकरणको विद्रोहमा उत्रिएका पहिचानवादीलाई जातीय बल मिलेको आभास हुन्थ्यो ।
कांग्रेस र एमाले विगतको मत जोगाउने चुनौती थियो भने रास्वपा र पहिचानवादीको ध्येय कांग्रेस र एमालेको जनमतको जग हल्लाउनमा केन्द्रीत देखिन्थ्यो । एमालेबाट अध्यक्ष केपी शर्मा ओली इलाम– २ मा २ पटक पुगे । त्यसो त एमालेलाई समर्थन गरेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाममा आउन जरुरी देख्नु भएन ।
उता, कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्माले इलाममै अड्डा मात्र जमाउनु भएन अर्का महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले पनि दुई–दुई पटक इलाम पुगेर रुखमा मत माग्नु भएको थियो । त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवा इलाम पुगेको देखिएन ।
यसैगरी, रास्वपाको सिङ्गो पार्टी नै इलाम केन्द्रित थियो । सो दलका सभापती रवि लामिछानेदेखि सो दलका चर्चित नेताहरू प्रायः सबै इलाम आएका घण्टीमा मत मागेका थिए । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ पहिचानवादी उम्मेदवार थेगिमको पक्षमा दाह्रो गरी उभिए । आफ्नो पक्षमा परिणाम निकाल्न प्रचार–प्रसारसँग चुनाव रणनीतिक पनि बनाएको देखिन्थ्यो ।
कुन पक्षलाई मतदाताले रुचाएका छन् भन्ने मत गणनाकै नतिजा पर्खनु पर्ने हुन्छ ।

प्रकाशित मिति २०८१ बैशाख १६, आईतवार ०६:०४ गते
हजुरको प्रतिक्रिया