सुरुआति चरणमा काँग्रेसका लागि खुशी दिने परिणाम : रास्वपाका उम्मेदवार १४२६ मतले पछि पर्दै चौथो स्थानामा

सुरुआति चरणमा काँग्रेसका लागि खुशी दिने परिणाम : रास्वपाका उम्मेदवार १४२६ मतले पछि पर्दै चौथो स्थानामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १६ गते आईतबार ०३:२९

गणना सुरु भएको १२ घण्टा भित्र अन्तिम नतिजा घोषणा गर्ने तयारी छ । उक्त क्षेत्रमा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, स्वतन्त्रबाट डकेन्द्रसिंह लिम्बू थेगिमलगायत १९ जना उमेदवार चुनावी मैदानमा छन् ।

उपनिर्वाचन : इलाम– २ मा निर्धारित समयभन्दा एक घण्टा ढिला मतगणना सुरु

इलाम– इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणना सुरु भएको छ र पहिलो चरणको मत परिणाम घोषणा भएको छ । इलाममा सुरूवाती अग्रता कांग्रेसलाई खुशी दिने नतिजा आएको छ । रास्वपाका लिम्बु चौथो स्थानमा हुनुहुन्छ भने उहाँलाई अर्का स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले समेत ७२ मतले उछिनेको स्थिति छ । त्यस्तै, राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याउनु भएको छ ।
निर्धारित समयभन्दा एक घण्टा ढिला मतगणना सुरु गरी फाकफोकथुममा एक हजार ५४१ मत रहेको मतगणना हुँदा कांग्रेस अघि लागेको हो । घोषित परिणाम अनुसार कांग्रेस उमेदवार डम्बर खड्का ६५७ मत, दोस्रो नम्बरमा एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गर्नु भएको छ भने स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याउँदा रास्वपा उमेदवार मिलन लिम्बुले मात्र ११५ मत पाउनु भएको छ ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।
मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने भनिएको पनि घोषण गर्न भने त्यसरी सकेको अवस्था छैन ।
मतगणना स्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको छ । भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत् एक एक घण्टामा मतगणनाको अपडेट गरिने भनिएको छ ।
गणना सुरु भएको १२ घण्टा भित्र अन्तिम नतिजा घोषणा गर्ने तयारी छ । उक्त क्षेत्रमा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, स्वतन्त्रबाट डकेन्द्रसिंह लिम्बू थेगिमलगायत १९ जना उमेदवार चुनावी मैदानमा छन् ।
हिजो भएको मतदानमा मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । सो संख्या करिब ६० प्रतिशत हुन्छ ।
एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम– २ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति २०८१ बैशाख १६, आईतवार १५:२९ गते
हजुरको प्रतिक्रिया