तमु समाज ओमनको नवौं बार्षिकोत्सवमा चेलीबेटी/सम्मान सहित रिहि च्म्ही भोज कार्यक्रम

तमु समाज ओमनको नवौं बार्षिकोत्सवमा चेलीबेटी/सम्मान सहित रिहि च्म्ही भोज कार्यक्रम

एजेन्सी

@antaranganews

२०८१ बैशाख १६ गते आईतबार ०५:०२

उक्त कार्यक्रममा चेलीबेटीहरूले आमन्त्रण गरी खुशी र हर्षका साथ सहभागी हुन आउनु भएका दाजुभाइ समूहलाई सम्मान स्वरुपः फूल÷माला, क्रेगी (फेटा)लगाइ सम्मान गर्नुका साथै कोशेली स्वरुपः सेल रोटी, अचार, लगायतका परिकारहरू रित स्वरुपः प्रदान गर्नु हुँदा सहभागीहरूले आफ्नै घर गाउँमा भएको अनुभूति गरेको बताएका थिए ।

उक्त अवसरमा समाजका संस्थापक अध्यक्ष एवम् अन्य अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

ओमन– तमु समाज ओमनको नवौं बार्षिकोत्सव एवम् सम्मान तथा चेलीबेटी/रिहि च्म्ही भोज कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न भएको छ । भेनस होटल अल्खुवाएरमा सो समाजका कार्यबाहक अध्यक्ष होम तमुको अध्यक्षतामा अप्रिल २६ तारिक अर्थात बैशाख १४ गते भएको हो ।
सो अवसरमा सम्मानित हुनेहरूमा समाजका संस्थापक अध्यक्ष मादी तमुस्यो तथा पूर्वअध्यक्ष त्रय अमिर तमु, विजय तमु, पूर्ण तमु हुनुहुन्छ । उहाँहरूलाई समाजको पदाधिकारीहरूले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
नेपाली राष्ट्रिय गीत तथा तमु राष्ट्रिय गीत सहित समाजका वरिष्ठ अग्रज व्यक्तित्वहरूले दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । तमु समाजको ओमनको नवौं बार्षिकोत्सवका अवसरमा समाजका अग्रज व्यक्तित्वहरूमार्फत केक काटेर शुभकामना आदान– प्रदान गरिएको थियो ।
सो कार्यक्रममा संस्थागत प्रतिनिधित्व गर्दै सहभागी हुनु नेपाल मगर संघ ओमानका शर्मिला बुढाथोकी मगर, नेपाल तामाङ समाज ओमनका रितु तामाङ, नेपाल किरात समाज ओमनका कुशलता राई र नेपाली महिला समूह ओमानका यमकुमारी राना मगर अतिथि हुनुहुन्थ्यो ।
समाजका सांस्कृतिक विभागका कलाकारहरूको भूमिका, योगदान, कला र प्रतिभाको सम्मान गर्दै सम्मान पत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । समाजमा नयाँ सदस्यका रुपमा मनोज घले, तारा तमुस्यो, आयुस तमु, वीरबहादुर तमु र हेम तमु लगायतलाई समाजका अग्रजहरूबाट खादा लगाएर स्वागत गरिएको थियो ।
समाजका भूतपूर्व अध्यक्षहरूले शुभकामना मन्तव्य सहित आ–आफ्ना बिचारहरू व्यक्त गर्नु भएको उक्त कार्यक्रमको
अतिथिमा समाजका शुभचिन्तक एवम् फोटोग्राफर सन्तोष कट्टुवालको पनि सहभागिता थियो ।
उक्त अवसरमा तमु समाज ओमनको दाजुभाइहरूले तमु समाज ओमनको चेलीबेटीहरूलाई सम्मान स्वरुपः समाजका अग्रज व्यक्तित्वहरू पुर्ण तमु, गोबिन्द तमु, चेत तमु र क्याप्टेन बासुदेव तमु मार्फत टीका, खादा, क्रमु (पछयौरा) र सम्मान पत्र सहित मिष्ठान्न परिकारहरूको भोजन गराइएको थियो ।
अतिथि महिला प्रतिनिधिहरूलाई तमु संस्कृति अनुरुप क्रमु(पछयौरा) ओढाएर सम्मान गरिएको थियो, समाजका शुभचिन्तक/तमु समाजलाई माया गरी सहयोग गर्नु हुने पुजा लावती राईलाई समाजद्वारा खादा÷क्रमु (पछयौरा) र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
सोही सन्दर्भमा, समाजको दाजुभाइहरूले सम्झना स्वरुपः यो सालको चेलीबेटी भोज तथा सम्मान कार्यक्रमको व्यानार तस्बिर छापिएको सुन्दर मायाको चिनो दिदीबहिनीहरूको नाम चिट्ठाबाट नाम छनौट गरी तीन जना चेलीहरू चन्दा तमुस्यो, मञ्जु तमुस्यो र मोति तमुस्योलाई प्रदान गरिएको थियो ।
चेलीबेटी÷रिही चम्ही भोज कार्यक्रममा समाजका संरक्षक पुर्ण तमु र भुतपुर्ब बेलायती गोर्खा सैनिक क्याप्टेन बासुदेब तमुले व्यक्तिगत रुपमा एक÷एक ओटा खसी प्रायोजन गर्नु भएको थियो । सो खुशीयालीमा तमु समाज ओमनका भाइ खलक ग्रुप अफ तमु ब्रदर्सद्वारा सुन्दर मायाको चिनो समाजका कार्यबाहक अध्यक्ष होम तमु र महाससचिव प्रकाश तमुले पुर्ण तमु र क्याप्टेन बासुदेव तमुलाई प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा चेलीबेटीहरूले आमन्त्रण गरी खुशी र हर्षका साथ सहभागी हुन आउनु भएका दाजुभाइ समूहलाई सम्मान स्वरुपः फूल÷माला, क्रेगी (फेटा)लगाइ सम्मान गर्नुका साथै कोशेली स्वरुपः सेल रोटी, अचार, लगायतका परिकारहरू रित स्वरुपः प्रदान गर्नु हुँदा सहभागीहरूले आफ्नै घर गाउँमा भएको अनुभूति गरेको बताएका थिए ।
उक्त कार्यक्रममा समाजका सल्लाहकार समिति÷संरक्षक समिति एवम् पदाधिकारी लगायत सक्रिय सदस्यहरूको बिशेष उपस्थिति थियो ।
समाजको चेलीबेटी/रिहि चम्ही भोज तथा सम्मान कार्यक्रम २०२४ अन्तर्गत तमु समाज ओमनको दाजुभाइ समूहले चेलीबेटीहरूलाई भोज तथा सम्मान गरिएको उक्त कार्यक्रमको सञ्चालन सल्लाहकार निशेक तमुले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ बैशाख १६, आईतवार १७:०२ गते
हजुरको प्रतिक्रिया