इलाम– २ मा कांग्रेसको अग्रता कायमै तर मतअन्तर घट्दै

इलाम– २ मा कांग्रेसको अग्रता कायमै तर मतअन्तर घट्दै

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १६ गते आईतबार ०६:३२

पहिचानवादी मानिएका स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम तेस्रो स्थानमा हुनुहुन्छ । उहाँ थेगिम फाकफोकथुम– ३ निवासी हुनुहुुन्छ । यस वडामा एक हजार ३१४ मत खसेको थियो । त्यसमध्ये थेगिमले ११७ मत मात्र प्राप्त पाउनु भएको छ । तीन वडामा उहाँले मात्र ४३० मत पाउनुु भएको छ ।

तीन वडाका चार हजार १५० मतगणना सकियो भने ४४ मत बदर भएको छ ।

इलाम– इलाम क्षेत्र नम्बर २ को भएको उपनिर्वाचनको मतगणना जारी छ । ऐलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को गणना सकिएको छ । हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ ।
४ हजार १५२ मतगणना हुँदा कांग्रेसका डम्बर खड्काले १ हजार ६५८ मत सहित अग्रतामै हुनुहुन्छ । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३० मत पाउनु भएको छ । उहाँले मतान्तर भने घटाउँदै लग्नु भएको छ । उहाँ काँग्रेसका खड्काभन्दा मात्र २८ मतले पछि हुनुहुन्छ ।
पहिचानवादी मानिएका स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम तेस्रो स्थानमा हुनुहुन्छ । उहाँ थेगिम फाकफोकथुम– ३ निवासी हुनुहुुन्छ । यस वडामा एक हजार ३१४ मत खसेको थियो । त्यसमध्ये थेगिमले ११७ मत मात्र प्राप्त पाउनु भएको छ । तीन वडामा उहाँले मात्र ४३० मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर– २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।
तीन वडाका चार हजार १५० मतगणना सकिएको छ भने ४४ मत बदर भएको छ ।

प्रकाशित मिति २०८१ बैशाख १६, आईतवार १८:३२ गते
हजुरको प्रतिक्रिया