बझाङ उपनिर्वाचन : कांग्रेस अगाडि, पछि– पछि एमाले

बझाङ उपनिर्वाचन : कांग्रेस अगाडि, पछि– पछि एमाले

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार ०६:३३

माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८२२ मत प्राप्त गर्नु भएको छ भने नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार ९१ मत प्राप्त गर्नु भएको छ । मतगणना कार्य जारी छ ।

कांग्रेसका अभिषेकबहादुर सिंह १५१ मतले अगाडि हुनुहुन्छ ।

बझाङ– यस जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनमा पहिलो पटक नेपाली कांग्रेस अगाडि देखिएको छ । उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसका अभिषेकबहादुर सिंह १५१ मतले अगाडि हुनुहुन्छ । हिजो कडा प्रतिस्पर्धामा रहनु भएका उहाँ १७ गते विहान अग्रता लिनु भएको हो ।
कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ८५३ मत पाउनु भएको छ भने नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारी ६ हजार ७०२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरी, माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८२२ मत प्राप्त गर्नु भएको छ भने नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार ९१ मत प्राप्त गर्नु भएको छ । मतगणना कार्य जारी छ ।
यस क्षेत्रमा भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए ।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जित्नु भएको थियो । त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए । एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याउनु भएको थियो ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार ०६:३३ गते
हजुरको प्रतिक्रिया