इलाममा २१ हजार ८ सय मत गणना, कसले कति मत पाए ?

इलाममा २१ हजार ८ सय मत गणना, कसले कति मत पाए ?

एजेन्सी

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार ०९:४६

गणनाको झण्डै २० घन्टा पूरा हुँदा २२ हजार हाराहारी मत गणना भएको इलाम २ मा गणक टोली थप्ने र आजै गणना सक्ने तयारी भएको छ ।

अझै ४७ हजारभन्दा बढी मत गणना हुनै बाँकी छ । एक उम्मेदवारले अझै खाता खोल्न सकेका छैनन् ।

इलाम– इलाम– २ मा प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २१ हजार ८१० मत गणना हुँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाउनु भएको छ ।
सुहाङले ८ हजार ८९८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याउनु भएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउनु हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत पाई चौथो स्थानमै जेलिनु भएको छ ।
ऐलेसम्म इलाममा १४ वडाको २१ हजार ८१० सदर मत गणना सकिएको छ ।
इलाम– २ मा १९ जना प्रतिस्पर्धी मैदानमा छन् । चार आकांक्षीबाहेक अन्यले नगण्य मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका जीतबहादुर राईले अहिलेसम्म २४० मत प्राप्त गर्नु भएको छ । जनमत पार्टीको प्रेमकुमार थाम्सुहाङले ५४ मत प्राप्त गरेका छन्।
यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले १५ गते मतदान गरेका थिए ।
एक उम्मेदवारले अझै खाता खोल्न सकेनन् ः
२१ हजार ८१० मतको गणना सक्दासम्म एक जना उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् । स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमको शून्य मत रहेको छ ।
इलामको मतगणना आजै सकिने ः
इलाम–२ मा आइतबार दिउँसोदेखि मतगणना जारी छ ।
अहिलेसम्म २२ हजार हाराहारी मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको झण्डै २० घन्टा पूरा हुँदा २२ हजार हाराहारी मत गणना भएको इलाम २ मा गणक टोली थप्ने र आजै गणना सक्ने तयारी भएको छ ।
अहिलेसम्म फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङसेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गणना सकिएको छ ।
अझै ४७ हजारभन्दा बढी मत गणना हुनै बाँकी छ ।
एमाले नेता सुवास नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार ०९:४६ गते
हजुरको प्रतिक्रिया