इलाममा करिब साढे २५ हजार मत गणना हुँदा एमालेका सुहाङ ३३ सयले अगाडि

इलाममा करिब साढे २५ हजार मत गणना हुँदा एमालेका सुहाङ ३३ सयले अगाडि

एजेन्सी

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार ११:४०

केहीबेर अघिबाट तीन स्थानबाट मत गणना थालिएको छ ।
अहिलेसम्म २५ हजार ४५१ मत गणना भएको छ जसमा २६१ मत बदर भएको छ ।

संगठन बिना चुनाव जित्ने सपना देख्ने रास्वपाका नेताहरूलाई यो निर्वाचनले सबक सिकाउने सन्देश दिएको छ ।

इलाम– इलामको निर्वाचन क्षेत्रनं– २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनको हालसम्म करिब साढे २५ हजार मत गणना भएको छ । पछिल्लो परिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै छ ।
यहाँ हालसम्म २५ हजार ४५१ सदर मत गणना भएको छ ।
फाकफोकथुम, चुलाचुली र माङसेबुङ– १, २, ३ र ४ नम्बर वडाको मत गणना हुँदा एमालेका सुहाङले १० हजार ४१९ मत प्राप्त गर्न सफल हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मत पाउनु भएको छ ।
तेस्रो स्थानमा पहिचानवादीका रुपमा परिचित मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत ल्याउनु भएको छ ।
गणनाको सुरु चरण देखि चौथोमा दरिदै आउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ४५१ मत ल्याउनु् भएको छ । पार्टीको संगठन बिना पनि चुनाव जितिन्छ भन्दै भ्रम पाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई यो निर्वाचनले सबक सिकाउने सन्देश दिएको रुपमा लिइएको छ ।
एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २५८ मत ल्याउनु भएको छ ।
केहीबेर अघिबाट तीन स्थानबाट मत गणना थालिएको छ ।
अहिलेसम्म २५ हजार ४५१ मत गणना भएको छ जसमा २६१ मत बदर भएको छ ।
१ लाख १५ हजार ८८९ मतदाता मध्ये बैशाख १५ गते भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार ११:४० गते
हजुरको प्रतिक्रिया