खुदी(लमजुङ)– लमजुङमा अज्ञात व्यक्तिले चालएको बन्दुकको गोली लागेर एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको थप उपाचारका लागि बैशाख १७ गते पोखरा रिफर गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिका– ३ को जिम्दु गाउँका ५३ बर्षीय आईतमान तामाङ घाईते भएको प्रहरीले जनाएको छ । जिम्दु गाउँभन्दा माथिको लेकमा भैंसी गोठमा जाने क्रममा सिजे जंगलको बाटोमा हिड्दै गर्दा उनलाई आज दिउँसो करिब १ बजे गोली लगोको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए । उनका अनुसार गोली लागेर घाईते भएका तामाङलाई लमजुङ अस्पताल बेसीशहरमा प्राथमिक उपचार गरी थप उपचारका लागि जि.एस.सि.अस्पताल पोखरा रिफर गरिएको छ । उहाँले भन्नुभयो, ‘तामाङको बायाँ कान नजिकै टाउकोमा चोट लागेको छ तर उनको अबस्था भने सामान्य रहेको छ ।’ गोठमा जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर तामाङ घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको चपाईको भनाइ छ ।
बन्दुक किन र कसले चलाएको हो ? भन्ने विषयमा घटनास्थलतर्फ प्रहरी टोली पुगेर अनुसन्धान थालेको प्रहरीले समेत उहाँले उल्लेख गुर्न भएको छ ।
प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार १७:१९ गते