एमाले सुन्दरबजार नगरको अध्यक्ष र सचिव पदका लागि भएको मत गणना अन्तिम चरणमा

एमाले सुन्दरबजार नगरको अध्यक्ष र सचिव पदका लागि भएको मत गणना अन्तिम चरणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार ०५:३०

उपाध्यक्षमा जयराम रेग्मी निर्विरोध निर्वाचित हुनु भएका छ । त्यस्तै सहसचिवको दुई पदमा पुरुषतर्फ नवीनकुमार श्रेष्ठ(वडाध्यक्ष वडान– २) र महिलातर्फ विष्णु श्रेष्ठ(भोटोओडार– ८ बगैंचा निवासी) निर्विरोध हुनुभएको छ ।

२०८ जना मतदाता रहेकोमा १९३ मत खसकोे छ ।

पैह्रे(लमजुङ)– नेकपा एमाले सुन्दरबजार नगर कमिटीको अध्यक्ष र सचिव पदको चयनका लागि भएको मतदान सकिएको छ । बैशाख १७ गते भएको मतदानको केही क्षणमा मत गणना गरिएको बताइएको छ ।
सो कमिटिको उपाध्यक्ष र सहसचिव पद भने निर्विरोध भएको घोषणा गरिएको छ ।
अध्यक्ष पदमा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख लोकराज पाण्डे र सो दलमा नवप्रवेशी द्वारिका मिश्रका बीचमा प्रतिस्पर्धा भइरहेको छ । यसैगरी, सचिव पदमा भने सूर्यकान्त अधिकारी र रघुनाथ मिश्रका बीचमा चुनाव भएको हो ।
मतदानका लागि अपराह्न ४ बजेसम्मका लागि समय तालिका निर्धारण गरिएको थियो । मतदान सकिएको पछि थालिएको मतगणनाको कार्य अन्तिम चरणमा पुगेको छ ।
उपाध्यक्षमा जयराम रेग्मी निर्विरोध निर्वाचित हुनु भएका छ । त्यस्तै सहसचिवको दुई पदमा पुरुषतर्फ नवीनकुमार श्रेष्ठ(वडाध्यक्ष वडान– २) र महिलातर्फ विष्णु श्रेष्ठ(भोटोओडार– ८ बगैंचा निवासी) निर्विरोध हुनुभएको छ ।
६५ सदस्यीय हुने उक्त नगर कमिटिमा त्यस संख्याको थप १० प्रतिशत संख्या आवश्यकता अनुसार मनोनित गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार १७:३० गते
हजुरको प्रतिक्रिया