एमाले सुन्दरबजार नगर अध्यक्षमा द्वारिका मिश्र विजयी

एमाले सुन्दरबजार नगर अध्यक्षमा द्वारिका मिश्र विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार ०६:१०

आज विहान पनि एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचनको पहलका लागि अधिवेशन स्थलमा पुगेर दबाबमूलक पहल गर्नु भएको बुझिन आएको छ ।

१९३ मत खसकोेमा पाँच मत बदर भएको छ ।

पैह्रे(लमजुङ)– नेकपा एमाले सुन्दरबजार नगर कमिटीको अध्यक्ष र सचिव पदको चयनका लागि भएको मतदानको नतिजा प्राप्त भएको छ । मत गणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा द्वारिका मिश्र विजयी भएको बैशाख १७ गते साँझ घोषणा गरिएको हो ।
सो निर्वाचनमा १९३ मत खसकोेमा पाँच मत बदर भएको छ । अध्यक्षका प्रत्यासी द्वारिका मिश्र १४९ मत पाई विजयी हुनु भएको हो भने अर्का प्रत्यासी लोकराज पाण्डेले ३९ मत पाउनु भएको जानकारीमा आएको छ ।
यसैगरी, सचिवमा सूर्यकान्त अधिकारीले १३२ मत ल्याई विजयी हुनु भएको छ । सो पदका अर्का प्रत्यासी रघुनाथ मिश्रले ५५ मत पाउनु भएको बताइएको छ । सचिवमा छ मत बदर भएको छ ।
आज विहान पनि एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचनको पहलका लागि अधिवेशन स्थलमा पुगेर दबाबमूलक पहल गर्नु भएको बुझिन आएको छ ।
सो कमिटिको उपाध्यक्ष र सहसचिव पद भने निर्विरोध भएको घोषणा गरिएको छ । उपाध्यक्षमा सोही नगरपालिका– ७ को वडाध्यक्ष समेत रहनु भएका जयराम रेग्मी निर्विरोध निर्वाचित हुनु भएका छ । त्यस्तै सहसचिवको दुई पदमा पुरुषतर्फ वडान– २ का वडाध्यक्ष समेत रहनु भएका नवीनकुमार श्रेष्ठ तथा महिलातर्फ विष्णु श्रेष्ठ(भोटोओडार– ८ बगैंचा निवासी) निर्विरोध हुनुभएको छ ।
नगर कमिटि ६५ सदस्यीय हुने विधानत व्यवस्था छ । उक्त संख्याको थप १० प्रतिशत संख्या आवश्यकता अनुसार मनोनित गर्न सकिने समेत बताइएको छ ।
यसैबीच, हामीले आफ्नो उपस्थिति जनाएका हौं, हाम्रो मत कति आउने रहेछ भन्ने परीक्षण मात्र गरिएको हो एमालेका निवर्तमान जिल्ला सचिव सुभास पौडेलले बताउनु भयो ।
स्मरणीय छ, शिक्षित बेरोजगार युवाका रुपमा परिचित मिश्रले पछिल्ला केही महिनादेखि अटो रिक्सा चलाउँदै आउनु भएको छ ।

सुन्दरबजारबाट विष्णुकुमार श्रेष्ठको सहयोगमा ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार १८:१० गते
हजुरको प्रतिक्रिया