इलाममा ४० हजार मत गणना, दोस्रो स्थानमा खड्का र थेगिमको प्रतिस्पर्धा

इलाममा ४० हजार मत गणना, दोस्रो स्थानमा खड्का र थेगिमको प्रतिस्पर्धा

एजेन्सी

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार ०६:४४

काँग्रेसका खड्कालाई स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार ८२५ मत ल्याएर पछ्याउँदै हुनुहुन्छ । आधा मतसंख्या गणना हुँदा कांग्रेस र स्वतन्त्र उम्मदेवारको मतान्तर १ हजार ७३२ छ ।

एमाले र काँग्रेस दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ रहेको छ ।

इलाम– इलाम– २ मा भएृको प्रतिनिधि सभाको सदस्य पदको उपनिर्वाचनको आधा भन्दा बढी मत गणना सकिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर पहिलो स्थानमा कायमै हुनुहुन्छ । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहनु भएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको प्रतिस्पर्धा चलिरहेको छ । यो नतिजा बैशाख १७ गते साँझ ६ बजेको हो ।
उपनिर्वाचनमा खसेको ६९ हजार २८७ मतमध्ये ३९ हजार ९६१ मत गणना सकिएको हो । ऐलेसम्म माङसेबुङ, फाकफोकथुम, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका– ६, ७ र ८ वडा र देउमाई नगरपालिका– १, २, ३ र ४ नम्बर वडाको मतगणना सकिएको छ ।
ऐलेसम्म एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार २१९ मत, काँग्रेसका खड्काले १० हजार ५५७ मत ल्याउनु भएको छ भने दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ रहेको छ ।
काँग्रेसका खड्कालाई स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार ८२५ मत ल्याएर पछ्याउँदै हुनुहुन्छ । आधा मतसंख्या गणना हुँदा कांग्रेस र स्वतन्त्र उम्मदेवारको मतान्तर १ हजार ७३२ छ ।
माङ्सेबुङमा स्वतन्त्र उम्मेदवार थेगिमले कांग्रेस र एमाले उम्मेदवार भन्दा बढी मत पाएका थिए । थेगिमले २ हजार ६३९, एमालेले २ हजार ५९१ र कांग्रेसले १ हजार ४८० मत पाए । यस पालिकाको गणना सकिँदा कांग्रेससँग स्वतन्त्र उम्मेदवारको मतान्तर २०७ मात्रै थियो ।
सुरुवाती मतगणनामा फाकफोकथुमबाट कांग्रेसले अग्रता लिएको थियो । त्यो अग्रता दुईटा वडामा भन्दा बढी रहन सकेन ।
२०७९ को मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिनु भएको छ ।
बैशाख १५ गते भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । सो निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार १८:४४ गते
हजुरको प्रतिक्रिया