एमालेका सुहाङ नेम्वाङ साढे ६ हजार बढी मतले अगाडि

एमालेका सुहाङ नेम्वाङ साढे ६ हजार बढी मतले अगाडि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १७ गते सोमबार १०:२८

संगठन बिना चुनावी मैदानमा होमिएर जित्न सकिन्छ भन्ने भ्रमबाट सायद अब रास्वपाको नेतृत्व मुक्त हुन्छ कि ?

रास्वपाले मात्र ३ हजार ३२३ मत प्राप्त गरेको छ ।

इलाम– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणनामा अग्रस्थानमा रहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङ ६ हजार ५०७ मतान्तरले अघि हुनुुहन्छ । उहाँले १९ हजार ६९७ मत पाउनु भएको छ । उहाँलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १३ हजार १९० मत पाउनु भएको छ । यो बैशाख १७ गते राती १० बजे प्राप्त भएको नतिजा हो ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ५१४ मत र गणनाको सुरु चरणदेखिनै चौथोमा दरिदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले ३ हजार ३२३ मत प्राप्त भएको छ । संगठन बिना चुनावी मैदानमा होमिएर जित्न सकिन्छ भन्ने भ्रमबाट सायद अब रास्वपाको नेतृत्व मुक्त हुन्छ कि ? निराश भैहाल्ने ठाउँ भने छैन ।
अहिलेसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, मासेबुङ गाउँपालिका, माई नगरपालिकाका वडा नम्बर ६, ७, ८, देउमाई नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र इलाम नगरपालिकाको वडा नम्बर २ को मतगणना सकिएको छ ।
इलाम क्षेत्र नम्बर २ को मतगणना ऐले पनि जारी छ ।
बैशाख १५ गते भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । सो निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा थिए ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम– २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।
इलाम २ बाट निर्वाचित एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भए पछि त्यहाँ उपचुनाव भएको हो ।

प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार २२:२८ गते
हजुरको प्रतिक्रिया