राजनीति आवरण रहित शिक्षा : शिक्षकहरूद्वारा दलको सदस्यता त्याग्न सुरु

राजनीति आवरण रहित शिक्षा : शिक्षकहरूद्वारा दलको सदस्यता त्याग्न सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १९ गते बुधबार १२:२१

कपिलवस्तुको शिवराज नगरपालिकाभित्र कार्यरत ६० भन्दा बढी शिक्षकहरूले आफू कुनै दलको सदस्य नरहेको जानकारी गराएका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले बताउनु भएको छ । उहाँका अनुसार ६० भन्दा बढी शिक्षकहरूले आफूहरू कुनै पनि दलमा आबद्धता नरहेको जानकारीसहित निवेदन दिएका छन् । कपिलवस्तुको बाँणगंगा नगरपालिकाका शिक्षक नवराज बेलबासेले दलको सदस्यता त्यागेको जानकारी दिनु भएको छ ।

गलकोट नगरपालिका– ३ नेपाली कांग्रेस उपसभापति गुनबहादुर खत्रीले उपसभापति पदबाट राजीनामा दिनु भएको हो ।

काठमाडौँ– मन्त्रीस्तरीय निर्णयपछि दलका विभिन्न तहका संस्थामा आवद्ध शिक्षकहरूले राजीनामा दिन थालेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठबाट वैशाख ४ गते मन्त्रीस्तरीय निर्णय गर्नु भएको थियो । त्यसपछि शिक्षक भएर पनि विभिन्न राजनीतिक दलमा आवद्ध रहेकाहरूले धमाधम राजीनामा दिन थालेको बैशाख १७ गते खुुलासा भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको सन्दर्भमा शिक्षकहरूले विभिन्न राजनीतिक दलको पद तथा सदस्यबाट राजीनामा दिन थालेका हुन् । शिक्षामन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई दलको सदस्य भएको खण्डमा कारबाही गर्ने निर्णय गर्नु भएको थियो ।
मन्त्रालयबाट शिक्षा तथा मानव विकास स्रोत केन्द्रलाई परिपत्र गरेसँगै केन्द्रले देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको थियो । इकाईहरूले समेत सामुदायिक विद्यालयहरूलाई सार्वजनिक सूचना जारी गर्दै राजनीतिक दलको सदस्यता लिने, कार्यकारी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्न÷नगराउन भनेका छन् ।
त्योसँगै राजनीतिक दलको सदस्यता लिने, कार्यकारी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य गर्ने शिक्षकमाथि कारबाही गर्न भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई परिपत्र गरिएको थियो ।
शिक्षा इकाईहरूले सार्वजनिक सूचना जारी गरेसँगै त्यस्ता शिक्षकहरूले राजीनामा दिन थालेका हुन् । यसैबीच, बाग्लुङमा नेपाली कांग्रेस वडा उपसभापति रहनु भएका शिक्षकले राजीनामा दिनु भएको छ । गलकोट नगरपालिका– ३ नेपाली कांग्रेस उपसभापति गुनबहादुर खत्रीले उपसभापति पदबाट राजीनामा दिनु भएको हो ।
उहाँले वडा कार्य समिति सभापतिलाई पत्र लेख्दै राजीनामा बुझाउनु भएको हो । उहाँ धवलागिरि आधारभूत विद्यालयका स्थायी शिक्षक हुनुहुन्छ । उहाँले उपसभापतिको जिम्मेवारी तथा नेपाली कांग्रेसको क्रियाशील सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
यसैगरी, कपिलवस्तुमा पनि शिक्षकहरूले दलको सदस्यबाट राजीनामा दिन थालेका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र कार्यरत ६० भन्दा बढी शिक्षकहरूले आफू कुनै दलको सदस्य नरहेको जानकारी गराएका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले बताउनु भएको छ । उहाँका अनुसार ६० भन्दा बढी शिक्षकहरूले आफूहरू कुनै पनि दलमा आबद्धता नरहेको जानकारीसहित निवेदन दिएका छन् । कपिलवस्तुको बाँणगंगा नगरपालिकाका शिक्षक नवराज बेलबासेले दलको सदस्यता त्यागेको जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ बैशाख १९, बुधबार १२:२१ गते
हजुरको प्रतिक्रिया