शिकागो(अमेरिका)– लमजुङका अंग्रेजी भाषा शिक्षक विनोद न्यौपाने आधुनिक सामाजिक र भावनात्मक शिक्षण सिकाइका लागि छनौट भई अमेरिकामा जानु भएको छ । रिजनल इङ्गिलस ल्याङ्गोयज अफिसर (RELO) ले आयोजना गरेको कार्यक्रममा भाग लिन उहाँ मे १ देखि ११ सम्मको लागि मे ३०, २०२४ मा क्रमशः शिकागो र डेट्रोइट शहर जानु भएको हो । उहाँ आधुनिक सामाजिक र भावनात्मक शिक्षण सिकाइका लागि अमेरिका हुने विशेष कार्यक्रममा आजदेखि सहभागी हुँदै हुनहुुन्छ ।
संयुक्त राज्य अमेरिकामा हुने अंग्रेजी भाषा कक्षामा आधुनिक सामाजिक र भावनात्मक शिक्षण सिकाइ (Modern Social and Emotional Learning (SEL) Instruction in the English Language Classroom) सम्बन्धी शिक्षण आदनप्रदान (Teacher Exchange) कार्यक्रमका लागि नेपालबाट दुइजना अंग्रेजी शिक्षक छनौट भएकामध्ये विनोद न्यौपाने एक हुनुहुन्छ । विनोद न्यौपाने वेसीशहर स्थित जनविकास मा.वि. र मर्स्याङदी बहुमुखी क्याम्पसका अंग्रेजी शिक्षक, एक्सेस लमजुङको संयोजक, नेल्टा गण्डकीका सचिव हुनुहुन्छ । अर्को उदयपुरका भोलाकुमार के.सी. हुनुहुन्छ । त्यस्तै भोला कुमार के.सी. उदयपुरको त्रियुगा माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक तथा उदयपुर एक्सेसका प्रशिक्षक हुन् । उहाँहरू दुवै अमेरिका पुगी सक्नु भएको छ । सो कार्यक्रम आज बैशाख १९ गते अर्थात मे १ देखि सुरू भई मे ११ तारिख अर्थात बैशाख २९ गतेसम्म सञ्चालन हुनेछ ।
न्यौपाने र के.सी. करिव दुई दशकदेखि नेपालमा अंग्रेजी भाषा शिक्षण तथा प्रशिक्षण, अनुसन्धान तथा सामुदायिक विद्यालय तथा क्याम्पसको शिक्षा विकासमा क्रियाशील हु्ँदै आएको व्यक्तित्वहरू हुनुहुन्छ ।
उक्त कार्यक्रममा नेपाल लगायत ८५ देशबाट शिक्षक चयन भइ अमेरिकामा भेला भएका छन् । ती देशहरूको भाषा, संस्कृति तथा शिक्षा आदनप्रदानक गर्न नेपालबाट भने लमजुङका विनोद न्यौपाने र उदयपुरका भोलाकुमार के.सी. चयन हुनु भएको हो । यही मे १ देखि ११ सम्मको लागि मे ३०, २०२४ मा क्रमशः शिकागो र डेट्रोइट शहर गएका हुन् । अमेरिकी राजदुतावास र यसै अन्तर्गतको रिजनल इङ्गिलस ल्याङ्गोयज अफिसर (RELO) ले दक्षिण एसियामा उक्त कार्यक्रम लागु भएका नेपाल, श्रीलंका र बंगलादेशबाट अंग्रेजी शिक्षकहरू चयन गर्ने नेपालका न्यौपाने र के.सी. चयन भएका हुन भने यस कार्यक्रमको आर्थिक सहयोग अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट (Department of State) ले गरेको छ ।
सहभागी शिक्षकहरूले अमेरिकाका विभिन्न विद्यालय तथा विश्वविद्यालयमा हुने शैक्षिक तथा सांस्कृतिक आदनप्रदान कार्यक्रममा आफ्ना अनुभव साट्ने छन् । मूलतः अमेरिकी शिक्षक र विद्यार्थीहरूसँग शैक्षिक अन्तक्र्रिया गर्नुको साथै शिक्षकको पेशागत विकास कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
नेपाल जस्तै RELO कार्यक्रम सञ्चालन भएका विश्वका विभिन्न ८५ देशका २/२ जनाका दरले छनौट भएका शिक्षकहरूको सहभागिता अमेरिकाको सात ओटा प्रान्तमा हुने कार्यक्रम छ ।
प्रकाशित मिति २०८१ बैशाख १९, बुधबार १२:५७ गते