प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा ठाडोभाकाकी अभियन्ताका रुपमा राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित

प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा ठाडोभाकाकी अभियन्ताका रुपमा राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख २० गते बिहिबार ०३:२३

सीतादेवी दुरा ठाडोभाकाको अभियन्ता हुनुका साथै लोकदोहोरी गायनका क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाका महासचिव जितबहादुर रावतले बताउनु भयो ।

नेपाल संगीत उद्योग संघद्वारा तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्ड– २०८१ बाट सम्मान गरिएको हो ।

काठमाडौं– ठाडोभाकाकी अभियन्ता एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष सीतादेवी दुरा राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित हुनु भएको छ । नेपाल संगीत उद्योग संघले राष्ट्रिय नाचघर जमलमा आयोजित तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्ड– २०८१ वितरणको विशेष कार्यक्रममा उहाँलाई बैशाख १९ गते सम्मान गरिएको हो ।
प्रमुख अतिथि मन्त्री परिषदका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश खिलाराज रेग्मीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको थियो । प्रमुख अतिथि रेग्मी, विशेष अतिथिद्वय कुमार बस्नेत, दुर्गा रायमाझी, आयोजक संस्थाका अध्यक्ष सूर्यबहादुर मगर, महासचिव जितबहादुर रावतसहितले सीतालाई सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो ।
‘नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान– व्यावसायिक एकता सहितको हाम्रो पहिचान’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा सम्मानित हुने महिला गायिका सीतामात्र हुनुहुन्छ । उहाँलाई विश्वनाथ केडिया तेस्रो AMIN राष्ट्रिय म्युजिक अवार्ड– २०८१ बाट सम्मान गरिएको हो । सीतादेवी दुरा ठाडोभाकाको अभियन्ता हुनुका साथै लोकदोहोरी गायनका क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाका महासचिव जितबहादुर रावतले बताउनु भयो ।

प्रकाशित मिति २०८१ बैशाख २०, बिहीबार १५:२३ गते
हजुरको प्रतिक्रिया