
भोटेओडार(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङ– रुपाकोटको जिल्ला भेला आउदो जेठ १२ गतेका दिन रुपाकोटमा हुने भएको छ । सो प्रतिष्ठानको जिल्ला शाखाको बैशाख २२ गते यहाँ सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले जिल्ला भेला तथा वनभोज कार्यक्रममा विगत वर्षझैं ८४ वर्ष पुग्नु भएका जेष्ठनागरिकलाई सम्मान, पिएचडि उपाधि हासिल गर्नेलाई सम्मान, एसईई परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने १÷१ जना सो छात्र÷छात्रालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । त्यस बाहेक प्रतिष्ठानको अक्षयकोषका लागि १० हजार रुपैयाँ वा सो भन्दा बढी दान गर्नेहरूलाई दान रकम अनुसारको सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार गत वर्षदेखि थालिएको छात्रवृत्ती कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइने भएको छ । उहाँले भन्नुभयो, ‘सो अवसरमा छात्रवृत्तीका दातालाई समेत सम्मान गर्ने रहेको छ ।’
उक्त जिल्ला भेलाको मुख्य आकर्षण अक्षयकोष विस्तारलाई लिइएको अध्यक्ष तुलसीविकास अधिकारीले बताउनु भयो ।
यो वर्षको सातौं वार्षिक वनभोज तथा जिल्ला भेला कार्यक्रम हो । यसअघि वनभोज कार्यक्रम पहिलो वर्ष रुपाकोटबाट नै सो कार्यक्रम थालिएको थियो । दोस्रो वर्ष उदीपुर, तेस्रो वर्ष खहरे, चौथो वर्ष भोटोओडार, पाँचौं वर्ष भारते र छौटौं वर्ष दुराडाँडामा सञ्चालन गरिएको थियो । यो वर्ष रुपाकोटामा दोहोरिएको प्रतिष्ठानको सहसचिव पार्वतादेवीले बताउनु भयो ।
प्रतिष्ठानको जिल्ला शाखाका अध्यक्ष तुलसीविकास अधिकारीको अध्यक्षतामा भएको बैठकमा प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडी, वरिष्ठ उपाध्यक्ष खेमलाल अघिकारी, उपाध्यक्ष सिर्जना अधिकारी, सहसचिव पार्वतीदेवी अधिकारी, कोषाध्यक्ष गोपालकृष्ण अधिकारीको उपस्थिति रहेको प्रतिष्ठाका जिल्ला सचिव गोविन्दप्रसादले बताउनु भयो । उहाँका अनुुसार कार्यकारी सदस्यहरू कमल, नमिता, हरिराम, प्रमोद आदिको सहभागी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘बैठकमा केन्द्रीय प्रतिनिधि प्रकाशचन्द्र अधिकारी, केन्द्रीय प्रतिनिधि परिषद सदस्य मुक्तिनाथ अधिकारी, सल्लाहकार सदस्य स्याम अधिकारी, शिवराज अधिकारी मध्यनेपाल नगर सचिव, चिनु अधिकारी नगर सदस्य मध्यनेपाल लगायत उपस्थित हुनुहुन्थ्यो ।’
फोटो सौजन्य : प्रमोद अधिकारी ।
प्रकाशित मिति २०८१ बैशाख २२, शनिबार १७:२९ गते