भव्य रह्यो लमजुङ सेवा समाज कतारको वनभोज कार्यक्रम

भव्य रह्यो लमजुङ सेवा समाज कतारको वनभोज कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख २३ गते आईतबार १२:५४

सो अवसरमा २०८१ को क्यालेन्डरको बिमोचन तथा उपस्थित सहभागीहरूलाई लक्की ड्रमार्फत पाँच जनालाई उपहार प्रदान गरिएको थियो । तमु समाज कतारद्वारा लमजुङ सेवा समाजलाई माइती स्वरुप कोसेली हस्तान्तरण गरिएको थियो ।

सो वनभोज कार्यक्रममा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका गरी १५० भन्दा बढी लमजुङेहरूको उपस्थिति रहेको थियो ।

कतार– लमजुङ सेवा समाज कतारको वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । लमजुङ सेवा समाज कतारद्वारा सदस्यता बिस्तार तथा रमाइलो वनभोज कार्यक्रम मे ३ तारिक अर्थात बैशाख २१ गतेका दिन आयोजना गरेको हो ।
दोहादेखि झण्डै असी किलोमिटर टाढा समाल ६६ भन्ने स्थान नजिक रहेको एक कृषि फर्मको हाता भित्र आयोजित रमाइलो वनभोज कार्यक्रम संस्थाका अध्यक्ष बिनोदप्रसाद बसौलाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा भव्य रुपमा सम्पन्न भयो ।
लमजुङ जिल्लाबाट रोजगारीको सिलसिलामा कतारआइ विभिन्न कम्पनीमा कार्यरत लमजुङे दाजुभाइ तथा दिदीबहिनीहरुलाई समेट्ने उद्देश्यले आयोजित सो वनभोज कार्यक्रममा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका गरी १५० भन्दा बढी लमजुङेहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रह्यो । सो अवसरमा २०८१ को क्यालेन्डरको बिमोचन तथा उपस्थित सहभागीहरूलाई लक्की ड्रमार्फत पाँच जनालाई उपहार प्रदान गरिएको थियो । तमु समाज कतारद्वारा लमजुङ सेवा समाजलाई माइती स्वरुप कोसेली हस्तान्तरण गरिएको थियो ।
उक्त वनभोज कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतमा जिल्ला संस्थाका अध्यक्षहरू पदम गिरी, निराजन गौतम, रघुनाथ शर्मा, अगन्धर देवकोटा, घनश्याम जैसी तथा तमु समाज कतारका अध्यक्ष टौमाया गुरुङको लगायतको सहभागिताथियो । कार्यक्रममा सहभागीहरू सबैले कार्यक्रमको सफलताका लागि शुभकामना तथा सुभेक्षा ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा सस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक डिलराम गुरुङ, संरक्षकद्वय पूर्णबहादुर पोखरिया र नवराज नखोला, प्रमुख सल्लाहकार सिताराम थापा, सल्लाहकारहरू कर्म गुरुङ, रबिन्द्र गुरुङ, कर्ण तामाङ, राजु पौडेल एवम् पूर्वसल्लाहकार युद्धजङ गुरुङको पनि सहभागिता थियो ।
संस्थाका द्वितीय उपाध्यक्ष विनोद थापा मगरले स्वागत गर्नु हुँदै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रविन्द्र भण्डारीले गर्नु भएको थियो ।

विनोद बसौलाबाट ।

प्रकाशित मिति २०८१ बैशाख २३, आईतवार १२:५४ गते
हजुरको प्रतिक्रिया