बालमिन्दरको जग्गा हिनामिना गर्ने बाल संगठानका तत्कालीन अध्यक्ष रीता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमिन्दरको जग्गा हिनामिना गर्ने बाल संगठानका तत्कालीन अध्यक्ष रीता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी

@antaranganews

२०८१ बैशाख २७ गते बिहिबार ०८:०४

वैद्य बाल संगठनको झण्डै तीन दशक अध्यक्ष भएकी थिइन् । उनकै पालमा जग्गा व्यापारी घराना विशाल गु्रपको स्वामित्वमा पुगेको हो । वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् । त्यस्तै, तुलसीनारायण श्रेष्ठ लमजुङको काँग्रेस नेता हुन् ।

अघिल्लो सम्झौताको अवधि १६ वर्ष बाँकी छँदै सिंह नेतृत्वको समितिले थप ४३ वर्ष आउँदो विसं २१३१ सम्मका लागि लिजमा दिइएको छ ।

काठमाडौँ– यहाँको नक्साल स्थित बालमन्दिरको २८ रोपनी जग्गा हिनामिनामा संलग्न तत्कालीन अध्यक्ष रीता सिंहसहित २० जनालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी)ले प्रक्रिया अगाडि बढाएको छ । सिआइवीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति बैशाख २७ गते लिएको हो ।
आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले बाल मन्दिरको जग्गाको विषयमा जाहेरी परेको र त्यसमा किटान गरिएका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्नु भएको छ ।
बालमन्दिरका तर्फबाट जाहेरी परेपछि सीआईबीले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, विद्या सदनका सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलसमेत छन् । वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पूर्जी जारी भएका अन्यमा योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दीपकदास श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको छ । यसबाहेक पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेका लागि पक्राउ पुर्जी जारी भएको छ । अब उनीहरूलाई पक्राउ गरेर कारवाही अगाडी बढाइने बताइएको छ ।
सो जग्गा विशाल ग्रुपको स्वामित्वमा पुर्याउन भूमिका खेल्ने नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंहसहितका व्यक्तिलाई पक्राउ गर्न अनुमति दिइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । सिंहसँगै बालमन्दिरको व्यवस्थापनका अरु पदाधिकारीमाथि पनि अनुसन्धान अघि बढाइएको छ ।
बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको स्रोत बताउँछ ।
०७२ सालमा संगठनका तत्कालिन पदाधिकारी र कर्मचारीले सेटिङ मिलाएर विद्या सदनलाई ५९ वर्षका लागि २९ रोपनी ४ आना जग्गा सस्तो भाडादरमा दिई जग्गा दुरुपयोग गरेको दाबी छ ।
अघिल्लो सम्झौताको अवधि १६ वर्ष बाँकी छँदै सिंह नेतृत्वको समितिले थप ४३ वर्ष आउँदो विसं २१३१ सम्मका लागि लिजमा दिइएको छ ।
बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको बताइन्छ ।
स्मरणीय छ, वैद्य बाल संगठनको झण्डै तीन दशक अध्यक्ष भएकी थिइन् । उनकै पालमा जग्गा व्यापारी घराना विशाल गु्रपको स्वामित्वमा पुगेको हो । वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् । त्यस्तै, तुलसीनारायण श्रेष्ठ लमजुङको काँग्रेस नेता हुन् ।

प्रकाशित मिति २०८१ बैशाख २७, बिहीबार २०:०४ गते
हजुरको प्रतिक्रिया