प्रहरीलाई बुझाइयो सूर्यदर्शन सहकारी ठगी प्रकरणको ३४१९ पृष्ठको अनुसन्धान प्रतिवेदन

प्रहरीलाई बुझाइयो सूर्यदर्शन सहकारी ठगी प्रकरणको ३४१९ पृष्ठको अनुसन्धान प्रतिवेदन

एजेन्सी

@antaranganews

२०८१ बैशाख २८ गते शुक्रबार ०७:४३

प्रतिवेदनमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नं। ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको उल्लेख छ । उक्त पेश्की फछ्यौट खाता नं. १०३९–०००६६७५७ बाट गोरखा मिडिया नेटवर्क प्रा.लि.ले गरेको छ ।

प्रतिवेदनमा के छ भन्ने विस्तृत विवरण प्रहरीको अनुसन्धान प्रतिवेदन अदालतमा पुगिसकेपछि मात्र बोल्न मिल्ने अनुसन्धानमा सहभागी बताउँछन् । तर केही सूचना चुहिएको छ ।

पोखरा– पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको विषयमा गठित विज्ञ टोलीको अनुसन्धान समितिले आफ्नो काम सकेको छ । उक्त प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मालाई बैशाख २७ गते बुझाउनु भएको हो ।
करिब ४ महिना लगाएर तयार पारेको ३४१९ पृष्ठ लामो छ । सो काण्डमा मुछिएका १९ जनामध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित अधिकांश फरार छन् ।
पोखरा– ४, नालाकोमुखस्थित सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत साउन २२ मा सहकारी ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।
गत वर्ष १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिबाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्ने महानगर प्रमुख आचार्यले बताउनु भयो । उहाँका अनुसार यसअघि बुझाइएको ४५० पृष्ठको प्रतिवेदनभन्दा अहिलेको प्रतिवेदनमा थप अनुसन्धानसहित विस्तृत अध्ययन गरिएको छ, जसमा विभिन्न सफ्टवेयरहरूको विवरणलाई पनि आधार मानिएको छ ।
समितिले गत माघ २० देखि काम थालेको थियो । जसमा सहकारी समितिका तर्फबाट दीपकप्रकाश आचार्य र चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने विज्ञको रूपमा थिए। यस्तै सहकारी समिति अध्यक्ष रविरमण तिवारी, राष्ट्रिय अनुसन्धानका अधिकारी समेत प्रहरीहरू थिए । प्रतिवेदन तयारीका लागि पोखरा महानगरपालिका सहकारी समितिले सहकारी विज्ञ, चार्टर्ड एकाउन्ट, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरी लगायतलाई राखेर अनुसन्धान समिति बनाएको थियो ।
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गर्दै बचतकर्ताको बिचल्ली पारेका छन् ।
पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको भेटिएको छ । १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।
सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली भएको छ । ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी उजुरी दिन आग्रह गरेको थियो ।
पीडितहरूले पुरक जाहेरी दिएको स्विकार गर्दै पहिल्यै मुद्दा चलिरहेकाले पुरक अनुसन्धान सुरु हुने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताउनु भयो । उहाँका अनुसार यो मुद्दा पहिल्यै दर्ता भएको हो । उहाँले भन्नुभयो, ‘त्यो विषयमा पुरक सूचना आएको हिसाबले पुरक अनुसन्धान हुन्छ ।’
रास्वपाका सभापति रवि लामिछानेलाई जबरजस्त जोड्ने प्रयास :
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी काण्डमा जबरजस्त जोडिएको छ । ग्यालेक्सी टेलिभिजन गोरखा मिडिया नेटवर्क प्रा.लि.ले सञ्चालन गरेको थियो । ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष हुन् । गृहमन्त्री रवि लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक रहेका कारण उहाँलाई जबरजस्त जोड्ने प्रयास भएको छ ।
छानबिन समितिले बुझाएको प्रतिवेदनमा रवि लामिछानेले लिएको १ करोड रुपैयाँ पुलेसो ब्रिज. ऋण गोरखा मिडिया नेटवर्क प्रा.लि.ले पेस्की फर्छ्यौट गरेको उल्लेख गरिएको छ । उहाँले कुन मितिमा ऋण लिएको भन्ने प्रतिवेदनमा पुष्टि गरेको देखिदैन । उहाँको नाममा झिकिएको पुलेसो ऋण गोरखा मिडिया नेटकर्व प्रा.लि.ले तिरेको भन्ने प्रतिवेदनमा उल्लेख छ ।
‘रवि लामिछानेको नाममा पुलेसो कर्जा नं.११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको,’ प्रतिवेदनमा भनिएको छ ।
संस्थाको २०८० भदौ २१ सम्म प्रयोग गरेको कम्प्युटर लेखा प्रणालीको वासलात अनुसार संस्थाको कर्जा सापटी १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९०८ रुपैयाँ १८ पैसा देखिन्छ । तर कम्प्युटर लेखा प्रणालीकै कर्जा सूची अनुसार सदस्यहरुलाई प्रदान गरिएको कर्जा १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार ४४५ रुपैयाँ ४९ पैसा देखिन्छ ।
प्रतिवेदनमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नं। ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको उल्लेख छ । उक्त पेश्की फछ्यौट खाता नं. १०३९–०००६६७५७ बाट गोरखा मिडिया नेटवर्क प्रा.लि.ले गरेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘पेस्की फछ्यौट गर्न कृतिम खाता प्रयोग गरी रकमान्तरण गरेको पाइन्छ । यस कारोबारमा संस्थाका पूर्व अध्यक्ष गिजेन्द्र बाबु राईको नामबाट देहाय बमोजिमको कारोबार भएको पाइन्छ,’
प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सदस्य, गैरसदस्य, कृतिम सदस्यहरुका कुल १८ हजार ७०० वटा बचत खाता सञ्चालनमा रहेको जनाइएको छ । ‘कुल बचत खातामा जम्मा बचत १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८८९ रुपैयाँ २ पैसा रहेको पाइन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
रविले सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आउनु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको छ ।
सो सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हालसम्म ४ जना सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल मात्र पक्राउ परेका छन् । उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।
२०६७÷६८ सालमा दर्ता भइ सञ्चालनमा आएको सूर्यदर्शनको कार्यालय सुरुमा सभागृह चोक थिथो । पछि नालाको मुखमा सरेको हो । सो सहकारीले गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता हुन छाडेको हो ।

१४ जना फरार सूचिमा :
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । १४ जना भने अझै फरार सूचिमा छन् । पक्राउ परेका पाँचै जना भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
उक्त सहकारी ठगी प्रकरणमा संलग्न पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पक्राउ परेका थिए । उनीहरू सबैलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएर उनीहरू सबै जना अहिले कारागारमा छन् ।
स्मरणीय छ, गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिय राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि ८ करोड रुपैयाँ लगेको देखिएको छ । युवा संघ नेपालका उपमहासचिवसमेत रहेका महेन्द्र भोटे अहिले गण्डकी प्रदेश अधिवेशनमा प्रतिनिधिसमेत छन् । तर, उनी फरार रहेको प्रहरीको दाबी छ ।
पोखरामा सहकारी खोल्ने ताकाबाटै जीबी र महेन्द्र भोटेले विभिन्न व्यवसायिक सहकार्यसमेत गर्दै आएका थिए । उनीहरुले पोखरामा रेस्टुरेन्ट, होटल, डिस्कोलगायतमा लगानी गरेका छन् भने जीवी–महेन्द्र सहकार्यमै फेरि अर्को डिस्को खोल्ने तयारीमा थिए ।

प्रकाशित मिति २०८१ बैशाख २८, शुक्रबार ०७:४३ गते
हजुरको प्रतिक्रिया