सिर्जना तथा नाट्यकलामा साधनारत तीन व्यक्तित्व लोहनी, श्रेष्ठ र तुलाधर ‘वानीरा पुरस्कार’बाट सम्मानित

सिर्जना तथा नाट्यकलामा साधनारत तीन व्यक्तित्व लोहनी, श्रेष्ठ र तुलाधर ‘वानीरा पुरस्कार’बाट सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख २९ गते शनिवार ०६:१४

डा. वानीरा गिरिको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।

वानीरा सङ्ग्रहालयमा अवस्थित डा. गिरीको पूर्ण कदको सालिकमा प्रा. पुष्कर लोहनीबाट माल्यार्पण गर्नु भएको थियो ।

काठमाडौं– सिर्जना तथा नाट्यकलामा समर्पित तीन व्यक्तित्व ‘वानीरा पुरस्कार’बाट सम्मानित हुनु भएको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरिले यहाँ स्थापित वानीरा सभागृहमा उक्त कार्यक्रम गिरिको प्रमुख आतिथ्यतामा एक समारोहका बीच वैशाख २८ गते पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।
सम्मानित हुनुहुनेहरूमा प्रा.पुष्कर लोहनी, मदनदास श्रेष्ठ र विश्व नारी रत्न डा.वानीरा गिरि हुनुहुन्छ । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा. पुष्कर लोहनीलाई २०८० सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभएको हो ।
सोही समारोहमा इन्जिनियर गिरीले नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो ।
नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरिका सम्मानमा स्थापित यी तीनै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन् ।
सोही समारोहमा इन्जिनियर गिरीले कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिए बापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपैयाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो ।
यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा. गिरीको पूर्ण कदको सालिकमा प्रा. पुष्कर लोहनीबाट माल्यार्पण गर्नु भएको थियो ।
डा. वानीरा गिरिको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।
श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरू प्रा. पुष्कर लोहनी, नाट्यभूषण मदनदास श्रेष्ठ, अनिता तुलाधरका साथै वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ बैशाख २९, शनिबार ०६:१४ गते
हजुरको प्रतिक्रिया