काठमाडौं– नेपाली सौन्दर्य कर्मीहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता व्युटिसियन नेपालको दशौं संस्करणको ताज श्रृजना गुरुङले चुमेकी छिन् । हिमालयन मुभिज प्रडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रम राजधानीको म्युजिक सिटी स्टुडियोमा बैशाख २९ गते भएको हो ।
दशौं संस्करणको प्रतिस्पर्धामा हिताकुमारी मैनाली फस्ट रनअरप तथा पुष्पा राई सेकेन्ड रनअरप भएका छन् ।
नेपाली सौन्दर्यकर्मीको प्रतिभा प्रस्फुटनको राष्ट्रियस्तरको यो कार्यक्रममा व्युटिसियिनको कलाप्रतिभाहरू विविध बिषयमा प्रस्तुत गरिएको थियो । जसमा रोसनी लामा ‘बेष्ट नेल आर्ट’, सबिना ‘ब्लोन बेष्ट जुरो’, पुष्पा राई ‘बेष्ट मिडिया मेकअप’ जित्न सफल भएकी थिइन । कार्यक्रममा बिभिन्न सबसाईटल अवार्डहरू समेत बितरण गरिएको थियो ।
जस अन्र्तगत मोस्ट स्मार्ट बिभा राई, मोष्ट एक्टिभ पासाड। ल्हामु शेर्पा, मोष्ट डिलिजेन्ट सृष्टी सुनार, मोष्ट कन्फडिेन्ट श्रृजना गुरुड, मोष्ट डिलाईटफुल स्मृति गुरुड, बेष्ट स्कीन उषा साउद, बेष्ट फोटोजेनिक, सबिना दुधराज, मोष्ट ग्रेसफुल हिताकुमारी मैनाली, मोष्ट प्यासोवेट रेविका बि के, मोष्ट ईलिगेन्ट जुना भण्डारी, मोष्ट पपुलर मलिटमिडिया जुना भण्डारी हुन सफल भएका थिए ।
कार्यक्रमको निर्णयक मण्डलमा व्युटिसियन नेपाल २०२० सजना खतिवडा, मिसेस क्यापिटल क्वीन लक्ष्मी भुसाल, पर्मानेन्ट मेकअप आर्टीष्ट, रोजी श्रेष्ठ, नायिका मोडल सुष्मा अधिकारी र नायक अभिनेता मनिष राउत रहेका थिए । व्युटीयिनहरूको उक्त सौन्दर्य प्रतियोगितमा नेल आर्ट, मेकअप, मिडिया मेकअप, जुरो हाईड्रा फेसयिल लगायतका बिषयहरूमा समेत प्रतिस्पर्धा भएको थियो ।
अवार्ड बिजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा प्रतियोगीहरूले आकर्षक नृत्यसंगै कार्यक्रमको सुरुवात भएको थियो । प्राईडल थिममा सम्पूर्ण प्रतियोगीहरूले दुलहीको भेषमा आफूलाई स्टेजमा उतारेका थिए । जसमा ‘बेष्ट ब्राईडल’को उपाधि समेत प्रदान गरिएको थियो । रोसनी लामाले सो उपाधि हासिल गरिन ।
हिमालय मुभिजद्वारा आयोजना भएको सो कार्यक्रमको एक दशक लामो संस्करण नेपाली व्युटिसियनहरूको क्षमता, प्रतिभाहरू प्रस्फुटन गराई सौन्दर्य क्षेत्रको बृद्धि विकासमा टेवा पुर्याउने उद्देश्यले गरिएको आयोजकको भनाई छ ।
प्रकाशित मिति २०८१ बैशाख ३०, आईतवार ०७:२५ गते