डा. केसीको २२ औं अनसन सुरु : प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

डा. केसीको २२ औं अनसन सुरु : प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख ३० गते आईतबार ०८:१५

वैशाख २९ गते दिउँसोे ४ बजेबाट पशुपति मृगस्थलीमा २२ औं आमरण अनशन सुरु गर्नु भएको हो । द्वन्द्व पीडितलाई न्याय, गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने समेत रहेको छ ।

उहाँका चार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २२ औँ सत्याग्रह सुरु गर्नु भएको छ । उहाँले यस पटक भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग समेत थप गर्दै वैशाख २९ गते दिउँसोे ४ बजेबाट पशुपति मृगस्थलीमा २२ औं आमरण अनशन सुरु गर्नु भएको हो । उहाँका चार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेको अनशन सुरु गर्नुअघि जारी प्रेस विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुर्याउन निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी सुनिश्चित गर्न पनि उहाँले माग गर्नु भएको छ ।
डा. केसीका चार बुँदे मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा, सबै नेपालीलाई निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने, यसअघिको सम्झौताअनुसार गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउनुपर्ने तथा मधेस र गण्डकी प्रदेश, इलाम, उदयपुर र डडेलधुरामा तुरुन्त मेडिकल कलेज निर्माण सुरु गर्नुपर्ने, उच्च शिक्षा ऐन र एकीकृत प्रतिष्ठान सम्बन्धित ऐन तुरुन्त पारित गर्नुपर्ने उनको माग छ ।
यसैगरी उहाँको अर्को मागमा गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने रहेको छ ।
जारी विज्ञप्तिमा ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरूले न्यायको अनुभूति गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ’, उहाँले उल्लेख गर्नुभएको छ ।
बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरू र दलहरू नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरूले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको समेत उहाँको दावी छ ।

प्रकाशित मिति २०८१ बैशाख ३०, आईतवार ०८:१५ गते
हजुरको प्रतिक्रिया