ललितपुर– रंगकर्मी ईश्वर बल्लभ उप्रेती फिचरिङ म्युजिक भिडियो ‘आदत बन्यौ’ सार्वजानिक भएको छ । यहाँको ग्वार्को स्थित म्युजिक सिटी हलमा पत्रकार सम्मेलन गरी गीतको अडियो भिडियोको बैशाख २९ गते सार्वजानिक गरिएको हो ।
वरिष्ठ गायक आनन्द कार्कीको बाहुलीबाट उक्त गीतको सार्वजानिक गरिएको हो । कार्कीले सबै टिमको उत्कृष्ट मेहनतमा एउटा सुन्दर गित तयार भएको प्रतिकृया दिनु भएको थियो । उहाँले म्युजिक भिडियो निर्माणका क्रममा युनिटले भोगेका ‘तीता मीठा’ कुरा सुनाउनु भएको थियो ।
‘आदत बन्यौ’मा हिमानी सुब्बाको लगानी रहेको उक्त भिडियोमा ईश्वरसंगै गीतमा नवकलाकार रश्नी लामालाई पनि देख्न सकिन्छ । सञ्जिला विश्वकर्माको कोरियोग्राफ रहेको गीतलाई जिवन शाहीले निर्देशन गरेका हुन् । द हिमालयन मुभिजबाट बजारमा आएको यो गीतमा शब्द उत्तम बर्तौला, म्युजिक तथा स्वर सौगातजङ थापा र अनु चौधरीको रहेको छ । विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । मेकिङका हिसाबले उत्कृष्ट भिडियो बनेको यो गीतका शब्दले डिजिटल प्लेटफर्ममा राम्रो पकड जमाउने विश्लेषण गरिएको छ ।
प्रकाशित मिति २०८१ बैशाख ३०, आईतवार ०८:४० गते