लमजुङ– नेकपा एमालेको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगर समितिको दोस्रो अधिवेशनबाट भोजबहादुर अध्यक्षमा रिमाल दोब्बर बढी मतले विजयी हुनु भएको छ । बैशाख ३१ गते भएको मतदानमा १९१ मत खसेको थियो ।
अध्यक्ष पदमा रिमालले १२८ मत पाउनु भयो भने अर्का प्रत्यासी सरद बरालले ५७ मत पाएको जानाकारीमा आएको छ ।
यसैगरी उपाध्यक्षमा इन्द्रबहादुर गुरुङले १०३ मत ल्याई विजयी हुनुभयो भने राजकुमार श्रेष्ठले ५४ मत र शंकरनिधि कमलीले २९ मत पाउनु भएको छ । सचिवमा गोविन्द खड्काले १०९ मत ल्याई विजयी हुनुभयो भने युवराज पौडेल ७३ मत पाउनु भएको घोषणा गरिएको छ । उपसचिव महिलामा सपना श्रेष्ठ ९८ मत ल्याई विजयी हुनुभयो भने विमला अधिकारीले ८६ मत पाउनु भएको निर्वाचन समितिका संयोजक हिरा विकले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो पदकी प्रेमकुमारी गुरुङले अन्तिम क्षणमा आएर नाम फिर्ता लिनु भएको थियो । सहसचिवमै पुरुषतर्फ भने शंकर बस्नेत निर्विरोध हुनुभएको हो ।
सो निर्वाचनमा २२१ जना मतदाता हुनुहुन्थ्यो । मत भने १९१ मात्र खसेको थियो भने २ मत बदर भएको भनिएको छ तर अध्यक्षमा भने छ मत बदर भएको थियो ।
एमालेको विधान अनुसार बेसीशहर नगर कमिटी ६१ सदस्यीय हुन्छ भने सदस्यमा ५७ निर्वाचित हुन्छन् । सदस्यहरू सबै निर्विरोध भएका छन् । नगर समितिमा नगरपालिकाका ११ वटा वडामध्ये वडानं– ७, ८, १० र ११ बाट ४÷४ जनाका दरले १६ जना अन्य वडाबाट ३÷३ जनाका दरले २१ जना, निर्विरोध निर्वाचित हुनु भएको छ ।
यसैगरी, समावेसी दलितबाट ३ जना, समावेसी युवाबाट ८ जना, खुला सदस्यबाट ४ जना र लेखा समिति ५ जनाको गरी नगर समिति गठन भएको निर्वाचन संयोजक विकले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ १, मंगलवार ०६:४१ गते