इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ १ गते मङ्गलबार ०७:४५

नेपालका ‘नेपाल निरूपण’, ‘नेपाल निरुक्त’ बाहेक इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन छन् । इतिहासकार नेपालका ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएका छन् ।

नेपालको एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा पहिचान छ ।

काठमाडौं– इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपालको उपचारका क्रममा मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा जेठ १ गते मध्यान्ह सवा १२ बजे निधन भएको हो ।
उहाँ मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । नेपालका पुराना सामग्री अनि लिपीबारे पनि अध्ययन गर्नुभएका युवा इतिहासकार यादव देवकोटाले उहाँको निधनले नेपाली इतिहासमा अपूरणीय क्षति भएको बताउनु भयो । उहाँका अनुसार नेपालले गरेका काम आजको पुस्तालाई महत्त्वपूर्ण र सम्झनलायक रहने छ ।
उहाँले भन्नुभयो, ‘नेपालले ‘नेपाल निरूपण’ र ‘नेपाल निरूक्त’ किताबमार्फत् शब्दको उत्पत्ति र मूल जरो के रहेछ भन्नेबारे गम्भीर अध्ययन र व्याख्या गर्नुभएको छ । नेपाल–भोट सम्बन्धको विषयमा गर्नुभएको अध्ययन आजको दिनमा पनि मास्टरपिस हो ।
नेपालका ‘नेपाल निरूपण’, ‘नेपाल निरुक्त’ बाहेक इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन छन् । इतिहासकार नेपालका ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएका छन् ।
इतिहासकार नेपालले नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष, नेपालको पूर्वमध्यकालको इतिहास, नेपालको माध्यमिक कालको इतिहास, अतीतका स्मृति र अनुभूतिः विश्वेश्वरदेखि वीरेन्द्रसम्म, मेरो गुरुकुलीय शिक्षा र सहपाठी लगायत किताब लेख्नु भएको छ ।
संशोधन–मण्डलका पूर्व सदस्य समेत रहनु भएका नेपाल गुरुकुल शिक्षा प्रणालीबाट आएका नेपाल नयराज पन्तका विद्यार्थी हुनुहुन्थ्यो ।
नेपालको एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा पहिचान छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसकेका नेपाल वृद्धावस्थामा समेत इतिहासको खोज, अध्ययन र अनुसन्धानमा सक्रिय हुनुहुन्थ्यो ।
स्व. नेपालको पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको इतिहासकार नेपालका भाइ एकमणि नेपालले जानकारी दिनुभयो ।
भोजपुरमा वि.सं. १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिन जन्मिएका नेपालले खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गर्नु भएको थियो ।
इतिहासकार नेपालका दुई छोरा छन् ।

प्रकाशित मिति २०८१ जेष्ठ १, मंगलवार १९:४५ गते
हजुरको प्रतिक्रिया