वडाध्यक्ष थापा विद्यालय व्यवस्थापन समितिमा निर्विरोध चयन

वडाध्यक्ष थापा विद्यालय व्यवस्थापन समितिमा निर्विरोध चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ६ गते आईतबार ०३:४९

आफू अध्यक्ष हुन नपाउने भएपछि नगरपालिकाका प्रतिनिधि सो बैठकमै अनुपस्थित रहे भने उनले शिक्षक प्रतिनिधिलाई पनि सो बैठकमा नजान निर्देशन गरेका थिए । आफ्नो पेशागत जिम्मेवारी र कर्तव्यप्रति भन्दा अमुक दलप्रति प्रतिवद्धतता देखाउने गरिआएका शिक्षक पनि बैठकमा अनुपस्थित हुनुलाई नौलो मानिएको छैन ।

प्रचलित कानुन अनुसार विद्यालय व्यवस्थापन समितिको कार्यकाल तीन वर्ष हुने गर्दछ ।

लमजुङ । यहाँको एक विद्यालयमा वडाध्यक्ष निर्विरोध रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुभएको छ ।
जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका– ६ को सारिङ स्थित गंगामिलन माविको व्यवस्थापन समितिको अध्यक्ष पदमा सो वडाका अध्यक्ष प्रकाश थापा निर्विरोध रुपमा जेठ ४ गते चयन हुनु भएको हो ।
आठ सदस्यीय व्यवस्थापन समितिको अध्यक्ष निर्वाचन गर्ने बैठकमा छ जनाको उपस्थिति थियो । छ जनाले सर्वसम्मत रुपमा थापालाई अध्यक्ष चयन गरेको सो विद्यालयका अभिभावक एवम् मकैडाँडा सारिङ साहित्य समाजका अध्यक्ष इन्द्र सुयलले बताउनु भयो । उहाँका अनुसार बैठकमा नगरपालिकाका प्रतिनिधि र शिक्षक प्रतिनिधि अनुपस्थित थिए । उहाँले भन्नुभयो, ‘नगरपालिकाको प्रतिनिधि आफै अध्यक्ष बन्न इच्छुक भएको तर निर्विरोध पाउने स्थिति नभएपनि उनी अनुनपस्थित रहेका बुझिन्छ ।’
आफू अध्यक्ष हुन नपाउने भएपछि नगरपालिकाका प्रतिनिधि सो बैठकमै अनुपस्थित रहे भने उनले शिक्षक प्रतिनिधिलाई पनि सो बैठकमा नजान निर्देशन गरेका थिए । आफ्नो पेशागत जिम्मेवारी र कर्तव्यप्रति भन्दा अमुक दलप्रति प्रतिवद्धतता देखाउने गरिआएका शिक्षक पनि बैठकमा अनुपस्थित हुनुलाई नौलो मानिएको छैन । विद्यालय व्यवस्थापन समितिका विद्यालयको बालक्लबका प्रतिनिधि पनि रहने भएता पनि उनलाई मतदानको अधिकार नहुने बताइएको छ ।
प्रचलित कानुन अनुसार विद्यालय व्यवस्थापन समितिको कार्यकाल तीन वर्ष हुने गर्दछ ।

प्रकाशित मिति २०८१ जेष्ठ ६, आईतवार १५:४९ गते
हजुरको प्रतिक्रिया