श्रीराम जानकी मन्दिर सुन्दरबजारलाई धार्मिक गन्तव्य केन्द्रको रुपमा विकास गरिने

श्रीराम जानकी मन्दिर सुन्दरबजारलाई धार्मिक गन्तव्य केन्द्रको रुपमा विकास गरिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ८ गते मङ्गलबार ०९:२५

मन्दिरमा विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा जस्तै रामजानकीको बिवाह उत्सव गर्ने, शिव मन्दिरमा पितृको नाममा बत्ति बाल्ने, महाशिवरात्रीमा शिवरात्री मेला, नवरात्रीमा दुर्गा मन्दिरमा चण्डीपाठ, गणेश मन्दिरमा हरेक साताको मंगलबार पुजापाठ गर्ने समितिका अध्यक्ष अधिकारीले उल्लेख गर्नु भयो ।

मन्दिरपरिसरमा राम जानकीका अतिरिक्त हनुमान, दुर्गा भगवतीको मूर्ति समेत रहेको हुँदा धार्मिक हिसावले यो थलो अतिनै उत्तम रहिआएको छ ।

लमजुङ– लमजुङको सुन्दरबजार स्थित श्रीराम जानकी मन्दिर सुन्दरबजारलाई धार्मिक गन्तव्य केन्द्रको रुपमा अगाडि बढाइने भएको छ । उचित प्रचारप्रसारको अभावका कारणले ओझेलमा परेको उक्त धार्मिक स्थलोको महत्वलाई अब भने फरक ढंगबाट उजागर गरिने भएको छ ।
उक्त मन्दिरमा २०७३ सालदेखि रामजानकी विवाह उत्सवको रुपमा हरेक वर्ष गरिदै आएको छ । मन्दिरपरिसरमा राम जानकीका अतिरिक्त हनुमान, दुर्गा भगवतीको मूर्ति समेत रहेको हुँदा धार्मिक हिसावले यो थलो अतिनै उत्तम रहिआएको श्रीराम जानकी मन्दिर व्यवस्थापन समिति सुन्दरबजारका अध्यक्ष बुद्धिबहादुर अधिकारीले बताउनु भयो । उहाँका अनुसार यसको महत्व यही आसपासका बासिन्दाका साथै, छिमेकी गाउँ तथा जिल्ला, प्रदेश र देश विदेशमा समेत प्रचारप्रसार गर्न सकिएको छैन । उहाँले भन्नुभयो, ‘अब त्यस्तो कमजोरी नहोस् भन्नेतर्फ समितिको ध्यानाकर्षण भएको छ ।’
२०४० सालमा सुन्दरबजार नगरपालिका– ७ मा स्वर्गीय हर्कबहादुर अधिकारीले चण्डि गुठिको मोहीेबाट प्राप्त जग्गा मध्ये १–५–३–२ जग्गा श्रीराम जानकी मन्दीरको नाममा जग्गा हस्तान्तरण गरिएको जग्गादाता हर्कबहादुर अधिकारीका माइला छोरा श्रीराम जानकी मन्दिर व्यवस्थापन समिति सुन्दरबजारका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार सो जग्गा २०४० सालमा नापी आउँदा मन्दिरका नाउँमा पास गरिएको हो ।
२०६० सालमा आफ्ना स्वर्गीय छोरा सविन श्रेष्ठको स्मृतिमा श्रीराम मन्दिर व्यवस्थापन समितिका सल्लाहकार एवम् विशिष्ठ व्यवसायी शुकबहादुर श्रेष्ठले मन्दिर निर्माण गर्नु भएको अध्यक्ष अधिकारीले बताउनु भयो ।
उक्त मन्दिरमा दैनिक पुजा पाठका लागि जनकपुरबाट पुजारी आउनु भएको छ । पुजारी कृष्णप्रसाद रामनिमाका अनुसार दैनिक सयौं भक्तजनहरू पुजापाठका लागि मन्दिर आउने गरेका छन् । मन्दिर परिसरमा मन्दिरको विशेषताका रुपमा २४ फुटको हनुमानको मुर्ति स्थापित गरिएको श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिका सचिव रामबाबु श्रेष्ठले निर्माण गर्नु भएको हो ।
त्यस्तै सुन्दरबजारका एतिहासिक व्यक्तित्व चन्द्रमान श्रेष्ठले शिवजीको मन्दिर निर्माण गर्नु भएको, दुर्गा भगवतीको मुर्ति सुन्दरबजार नगरपालिका– ७ निवासी हाल जापानमा रहनु हुने विजय अधिकारी, शिल्पा अधिकारी र श्रीया अधिकारीले निर्माण गर्नु भएको हो । त्यस्तै सोही मन्दिर परिसरमा गणेश मन्दिर सुन्दरबजार ७ का बरिस्ठ व्यवसायी हरेराम श्रेष्ठले निर्माण गर्नु भएको श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष आनन्दराज श्रेष्ठले जानकारी दिनु भयो ।
मन्दिर हातामा करिब करिब डेढ सय जना अट्ने मिनि सिटिहल निर्माण भएको र सो हलमा दैनिक ३५ जनाले योग अभ्यास गरेका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । उक्त हलमा विशेष चाडपर्वमा भजनकीर्तन हुँदै आएको छ । त्यस्तै मन्दिर हातामा नै सुन्दरबजार नगरपालिका– ७ ले बालउद्यान समेत निर्माण गरेको छ । मन्दिरमा विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा जस्तै रामजानकीको बिवाह उत्सव गर्ने गरिएको छ । साथै शिव मन्दिरमा पितृको नाममा बत्ति बाल्ने, महाशिवरात्रीमा शिवरात्री मेला लगाउने, नवरात्रीमा दुर्गा मन्दिरमा चण्डीपाठ गरिने, गणेश मन्दिरमा हरेक साताको मंगलबार पुजापाठ गरिने समितिका अध्यक्ष अधिकारीले उल्लेख गर्नु भयो ।
मन्दिरको विकास तथा प्रचार कार्यमा आवश्यक भौतिक निर्माण लगायत अन्य कार्यमा सदैव सहयोग गर्ने सोही वडाका अध्यक्ष जयराम रेग्मीले बताउनु भयो । उहाँका अनुसार मन्दिरको व्यापक प्रचारप्रसार गर्ने र यसको महत्वलाई थप उजागर गर्ने लक्ष्य वडा समितिको रहेको छ ।
उक्त स्थलोलाई धार्मिक पर्यटनका रुपमा अघि बढाउने समितिका उपाध्यक्ष एवम् उद्योग बाणिज्य संघ सुन्दरबजारका अध्यक्ष आनन्दराज श्रेष्ठले जानकारी दिनुभयो ।
सुन्दरबजार शैक्षिक, ब्यापारीक केन्द्र हुनुको अलवा धार्मिक केन्द्रको रुपमा पनि विकास हँुदै गएकोमा आफूलाई गौरव लागेको बताउँदै यसको लागि सुन्दरबजार चेम्बर अफ कमर्स सदैव सकारात्मक रचनात्मक सहयोग गर्ने तत्पर रहेको चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति २०८१ जेष्ठ ८, मंगलवार २१:२५ गते
हजुरको प्रतिक्रिया