रास्वपा वडा समितिद्वारा स्वर्गीय एकमायाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

रास्वपा वडा समितिद्वारा स्वर्गीय एकमायाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ८ गते मङ्गलबार १०:०९

समवेदनापत्र बेसीशहरका नगर सभापति राउत, ११ का वडा समापति कमली, वडानं– ८ रास्वपाका सभापति ध्रुव ढकाल, वरिष्ठ पत्रकार नवराज पहाडी, सोही वडाका उपसभापति कृष्णबाबु पाण्डे लगायतले एकमाया सेढाईका जेठी बुहारी सरितादेवी सेढाईलाई हस्तान्तरण गर्नु भएको हो ।

बुद्धराज सढाईसहितका परिवारजनमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

रामचोकबेसी(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बेसीशहर नगरपालिका– ११ नं वडा समितिद्वारा स्वर्गीय एकमायाको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सो अवसरमा वडा सदस्य बुद्धराज सेढाईका ममतामयी आमा एकमाया सेढाईको १२ औं पुण्यतिथिमा स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्य एक कार्यक्रमका बीच जेठ ८ गते गरिएको हो ।
बुद्धराज सढाईसहितका परिवारजनमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्ने सो कार्य रास्वपाका सो वडाका अध्यक्ष ई. मिलन कमलीको नेतृत्वमा गरिएको हो । सो सभामा रास्वपाका नगर सभापति कृष्णबहादुर राउतले श्रद्धाञ्जली एवम् समवेदना मन्तव्य व्यक्त गर्नु भएको थियो । रास्वपाका वडा अध्यक्ष ई. मिलन कमलीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उहाँले बुद्धराज सेडाई सहितका परिजारजनका नाउँमा तयार गरिएको समवेदना पत्र पढेर सुनाउनु भएको थियो ।
उक्त समवेदनापत्र बेसीशहरका नगर सभापति राउत, ११ का वडा समापति कमली, वडानं– ८ रास्वपाका सभापति ध्रुव ढकाल, वरिष्ठ पत्रकार नवराज पहाडी, सोही वडाका उपसभापति कृष्णबाबु पाण्डे लगायतले एकमाया सेढाईका जेठी बुहारी सरितादेवी सेढाईलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा सो वडाको रास्वपाको वडा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
त्यस समयमा स्वर्गीय आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारण गरी स्व. आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

प्रकाशित मिति २०८१ जेष्ठ ८, मंगलवार २२:०९ गते
हजुरको प्रतिक्रिया