कान्तिपुरका साहु सिरोहियाले नागरिकता दिने व्यक्तिको दस्तखत बिनाको नागरिकता बोक्ने गरेको खुलासा

कान्तिपुरका साहु सिरोहियाले नागरिकता दिने व्यक्तिको दस्तखत बिनाको नागरिकता बोक्ने गरेको खुलासा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ९ गते बुधबार ०६:३७

सिरोहिया गिरफ्तारीलाई पत्रकार महासंघ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसकै नेता डा. शेखर कोइराला, कांग्रेसका महामन्त्री गगन थापा, कांग्रेस नेता बिमलेन्द्र निधीले समेत सिरोहियाको पक्षपोषण गर्ने काम गर्नु भएको छ ।

सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइने

काठमाडौं– कान्तिपुरका साहु कैलाश सिरोहियाले नागरिकता दिने व्यक्तिको दस्तखत बिनाको नागरिकता बोक्ने गरेको खुलासा भएको छ । उनका बाबु अंगीकृत नागरिक तर उनी भने बंशजको भएको थप रहस्य समेत उनको गिरफ्तारीपछि जेठ ८ गते थप खुल्न आएको छ ।
सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले हिजो पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।
सिरोहियाको गिरफ्तारीलाई पत्रकारितासँग नजोड्न सम्बद्ध विज्ञहरूले बताएका छन् । वरिष्ठ पत्रकार डा. विजय मिश्रले समेत यस्तो बताउनु भएको हो । उहाँले समेत कान्तिपुरमा लामो समय काम समेत गर्नु भएको व्यक्तित्व हो । उहाँले भन्नुभएको छ, ‘सिरोहियाको नक्कली नागरिकताका बारेमा यसअघि पनि कुरा उठेको थियो, त्यो बेलामा उनको पहुँचको कारणले कसैले उजुरी गरेन । ऐले परिस्थिति बदलिएको छ, त्यसैले उजुरी पर्यो र गिरफ्तारी भएको हो ।’ यस घट्नामा अन्धभक्त भएर उनको पक्षमा बोल्न मनासिब होइन डा. मिश्रले बताउनु भएको छ । यो गिफ्तारीमा गृहमन्त्रीलाई जोड्न आवश्यक छैन, यो अदालती कुरा हो, अदालत गृहमन्त्रालय अन्तरगत छ र ? मिश्रको प्रतिप्रश्न छ ।
सिरोहियालाई म्याद थपका लागि आज जेठ ९ गते धनुषा जिल्ला अदालतमा उपस्थित गराइने मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले बताउनु भएको छ । उहाँका अनुसार उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा १७ वैशाखमा जाहेरी दर्ता भएको छ । उहाँले भन्नुभयो, ‘म्याद लिएर थप अनुसन्धान गर्छौं ।’
सिरोहियाले दुई कम्पनीमा फरक फरक नागरिकता पेश गरेको फेला गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।
सिरोहिया गिरफ्तारीलाई पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनशायबाट हुने राज्यशक्तिको दुरुपयोग गरेको जनाएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसकै नेता डा. शेखर कोइराला, कांग्रेसका महामन्त्री गगन थापा, कांग्रेस नेता बिमलेन्द्र निधीले समेत सिरोहियाको पक्षपोषण गर्ने काम गर्नु भएको छ ।

प्रकाशित मिति २०८१ जेष्ठ ९, बुधबार ०६:३७ गते
हजुरको प्रतिक्रिया