काठमाडौं– कानुनको धज्जी उठाउँदै आफ्नो निहित स्वार्थमा रमाउने ठूलामाछा पक्रने क्रमले निरन्तरता पाएको छ । कान्तिपुरका साहु कैलाश सिरोहियालाई जेठ ८ गते पक्राउ गरेसँगै त्यस्तो गतिविधिले निरन्तरता पाएको हो । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले तीन दिनका लागि म्याद थप ९ गते गरेको छ ।
सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा जेठ ९ गते उपस्थित गराइएको थियो । जसमा तीन दिनका लागि हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले बताउनु भयो । उहाँका अनुसार नागरिकता प्रकरणमा अनुसन्धानका लागि सिरोहियाको म्याद पहिलो पटक थप भएको हो ।
धनुषा जिल्ला अदालतले ८ गते पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।
अन्ततः नागरिकता प्रकरणमा पक्राउ परे कैलाश सिरोहिया, सोही दिन धनुषा पठाइयो अब ठूला माछाहरू सायदै उम्किने छन् । उनले नागरिकता दिने व्यक्तिको दस्तखत बिनाको नागरिकता बोक्ने गरेको खुलासा भएको छ । त्यतिमात्र हैन उनका बाबु अंगीकृत नागरिक भएको तर उनले भने बंशज उल्लेख भएको नागरिकता लिएको थप रहस्य समेत खुल्न आएको छ ।
सिरोहियाको गिरफ्तारीलाई पत्रकारितासँग नजोड्न सम्बद्ध विज्ञहरूले बताएका छन् । वरिष्ठ पत्रकार डा. विजय मिश्रले समेत यस्तो बताउनु भएको हो । उहाँले समेत कान्तिपुरमा लामो समय काम समेत गर्नु भएको व्यक्तित्व हो । उहाँले भन्नुभएको छ, ‘‘सिरोहियाको नक्कली नागरिकताका बारेमा यसअघि पनि प्रश्न उठेको थियो, त्यो बेलामा उनको पहुँचको कारणले कसैले उजुरी गरेन । ऐले परिस्थिति बदलिएको छ, त्यसैले उजुरी प¥यो र गिरफ्तारी भएको हो ।’ यस घट्नामा अन्धभक्त भएर उनको पक्षमा बोल्न मनासिब होइन डा. मिश्रले बताउनु भएको छ । यो गिरफ्तारीमा गृहमन्त्रीलाई जोड्न आवश्यक छैन, यो अदालती विषय हो, अदालत गृहमन्त्रालय अन्तरगत छ र ? मिश्रले प्रति प्रश्न गर्नु भएको छ ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा १७ वैशाखमा जाहेरी दर्ता भएको हो । उहाँले भन्नुभयो, ‘‘म्याद लिएर थप अनुसन्धान गर्छौं ।’ सिरोहिया गिरफ्तारीलाई पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनशायबाट हुने राज्यशक्तिको दुरुपयोग गरेको जनाएको छ ।
नेपालमा समानुपातिक विज्ञापन नीति लागू हुन नसक्नुको मुख्य कारकमा कान्तिपुर लगाययतकै ठूला मिडियाको दादागीरी हो भन्ने साना सञ्चारमाध्यमका बीच बेलाबखत चर्चा हुने गरेको छ ।
सिरोहियाको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै गत वैशाख १७ गते जाहेरी परेको थियो । उनलाई पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेको हो । यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गर्र्दै आफूसँग प्रतिशोध साँधिएको दावी गरेका थिए । सिरोहियाले राज्यले २०३३÷३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए । त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको दावी गर्दै विज्ञप्ति जारी गरेका थिए ।
सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिट दायर गर्न पुगेका थिए । त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ । सिरोहियाले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीले रिसिइबी साँधेको दावी छ । उनले गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रतिशोध साधेर पक्राउ पुर्जी जारी गराएको बताए । नागरिकता कीर्ते प्रकरणमा धनुषा जिल्ला अदालतले सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गिरफ्तार हुँदै गर्दा सिरोहियाले सरकार नवअधिनायकवादतर्फ अगाडि बढेको दावी गरेका छन् ।
नागरिकता कीर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष सिरोहियाले सरकारले अधिनायकवाद शैलीमा आफूलाई पक्राउ गरेको बताएका हुन् । सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो, तर, कान्तिपुर हरेक घडीमा निर्भिक रूपमा उभिँदै आएको छ ।’
सञ्चार क्षेत्रमा कान्तिपुरको दादागीरी ः
सञ्चार क्षेत्रमा कान्तिपुरको दादागीरी चल्दै आएको धेरै अघिदेखि चर्चाको विषय बन्ने गरेको हो । जसलार्ई केही महिना अघि उपप्रधान एवम् गृहमन्त्री रविले ‘‘१२ भाइ’को संज्ञा दिनु भएको थियो ।
स्मरणीय छ, नेपालमा समानुपातिक विज्ञापन नीति लागू हुन नसक्नुको मुख्य कारकमा कान्तिपुरकै दादागीरी हो भन्ने साना सञ्चारमाध्यमका बीच बेलाबखत चर्चाको विषय बन्ने गरेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसकै नेता डा. शेखर कोइराला, कांग्रेसका महामन्त्री गगन थापा, कांग्रेस नेता बिमलेन्द्र निधीले समेत सिरोहियाको पक्षपोषण गर्ने काम गर्नु भएको छ ।
यसैबीच, केही सम्पादकले सिरोहियालाई पक्रनु गलत भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र बुझाएका थिए । त्यो पत्र ग्रहण गर्दै यो अदालती प्रक्रिया भएको हुँदा रोक्न मिलेन, बिहानसम्म म आफै पनि पक्रन हुन्न भन्ने पक्षमा रहेकोमा अदालतको प्रश्न आएपछि समर्थन गरेँ । अनुसन्धानमा निर्दोष ठहर भए उहाँ रिहा हुनुहुनेछ प्रधानमन्त्रीले सम्पादकहरूलाई जवाफ दिनुभएको छ ।
उनको गिरफ्तारीसँगै सिरोहिया पत्रकार हुन् कि व्यापारिक कम्पनीको मालिक ? भन्ने पनि प्रश्न उठेको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ १०, बिहीबार ०८:१० गते