कैलाश सिरोहियाबारे आफैले निकालेको विज्ञप्तिका कारण बारमा खैलाबैला

कैलाश सिरोहियाबारे आफैले निकालेको विज्ञप्तिका कारण बारमा खैलाबैला

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ११ गते शुक्रबार ०७:४८

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रूपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्र माथिकै प्रहार हो, प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।

उक्त विज्ञप्तिविरुद्ध उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले राजीनामा

काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे नेपाल बार एसोसिएसन आफैले निकालेको विज्ञप्तिका कारण बारमा खैलाबैला मच्चिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता विवादमा पक्राउ गरेपछि निकालेको विज्ञप्तिले बारमा जेठ १० गते विवाद उत्पन्न भएको हो ।
सिरोहियाको पक्राउको विरोधमा बारले जेठ ९ गते विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिविरुद्ध उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले राजीनामा बुझाएका छन् । उहाँहरूले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा जेठ १० गते गर्नु भएको हो ।
उहाँहरूले सल्लाहकार समितिको बैठक र उपत्यका बारेको भेला बोलाउन पनि माग गर्नु भएको छ । कुनै पनि विवादमा निर्णय लिन परेमा सल्लाहकार समिति र उपत्यका बारसँग छलफल गर्ने परम्परा रहेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरू रहने प्रचलन छ ।
बारको विज्ञप्तिमा के थियो ?
बारद्वारा जारी विज्ञप्तिमा सिरोहिया पक्राउ गरेकोमा बारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एसोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको थियो ।
प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताइएको थियो ।
बारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रूपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्र माथिकै प्रहार हो, प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’

प्रकाशित मिति २०८१ जेष्ठ ११, शुक्रबार ०७:४८ गते
हजुरको प्रतिक्रिया