काठमाडौं– नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि हुन आएको छ । केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको जेठ ११ गते पुष्टि भएको हो ।
हाल उक्त भाइरस सिंगापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ । ‘संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत ‘केपी.– २’ बढी फैलिरहेको देखिएको छ,’ स्रोतले भन्यो, ‘उक्त तथ्याकले समुदाय स्तरमै फैलिरहेको पुष्टि गर्छ ।’
४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी. १ र केपी. २’ पुष्टि भएको हो ।
तर यसको प्रभाव खासै छैन ।
तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो नयाँ भेरियन्ट नभएको, ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट भएकाले नयाँ नाम मात्र दिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनु भएको हो ।
हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।
गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार ‘केपी’ प्रजातिको भेरियन्ट उती सङ्क्रामक छैन । उहाँले भन्नुभयो, ‘केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन ।’
प्रकाशित मिति २०८१ जेष्ठ ११, शुक्रबार १७:२१ गते